{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1616718164502","source":"other"}

ईबाराकी/जापान । जापानको ईबाराकी प्रान्तको एक निम्न माध्यमिक विद्यालयका शिक्षकले विद्यार्थीहरुको शौचालयमा जासुसी क्यामेरा राखेको भेटिएको छ ।

गत वर्षको डिसेम्बरमा ईबाराकी प्रिफेक्चरको टोन सहरको एक विद्यालयको पुरुष शौचालयमा उक्त जासुसी क्यामेरा भेटिएको हो । उक्त क्यामेरा त्यहि विद्यालयमा शिक्षणमा संलग्न २६ वर्षिय शिक्षकले राखेको पुष्टि भएपछि उनलाई विद्यालयबाट निकाला गरिएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।

जापान आपराधिक घटनाहरु कम हुने देश भएता पनि यहाँ यस्ता अपत्यारिला मानिसहरुले अविश्वसनीय घटनाहरु घटाउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार