टोकियो/जापान । आपतकालिन् अवस्था हटेसंगै जापान फेरि कोरोना संक्रमण महामारीमा फसेको छ । टोकियो, चिबा, साइतामा, खानागावाका अलवा पछिल्लो साता कान्साई क्षेत्रका ओसाका,ह्योगो,नारा,वाखायामा , क्योतो र सिगा केनमा गत जनवारी महिनायताकै उच्च संक्रमण देखिन थालेको छ ।

मंगलबार ओसाकामा ४३२ जना, ह्योगोमा १७६ जना,नारामा ४६ जना,क्योतोमा ३० जना,वाखायामामा १६ जना र सिगाकेनमा १३ जना सहित कान्साईको मुख्य क्षेत्रमा एकैदिन ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।ओसाकामा दैनिक संक्रमण टोकियोको भन्दा पनि बढि देखिएको छ ।

जापानभर ढकमक्क फुलेका साकुरा( जापानी चेरी फूल) र विद्यालय तथा विश्वविद्यालयहरुको विदाई कार्यक्रम लगायतका कार्यक्रमहरुमा देखिएका जमघट र खानपिनले संक्रमण फैलिन मद्दत पुर्याएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार