ओसाका/जापान । जापानमा फेरि कोरोना संक्रमण देशव्यापीरुपमा बढ्न थालेको छ । टोकियो, खानागाव, चिबा तथा साइतामाका अवाल यस पटक कान्साई क्षेत्रमा अधिक संक्रमण देखिएको छ । कान्साईका ओसाका, मियागी तथा ह्योगो केनमा संक्रमण धेरै देखिएकाले आपतकालिन् अवस्था घोषणा नगरेता पनि संक्रमण नियन्त्रण प्राथमिकताका उपायहरु लागु गर्ने तयारी गरिएको छ ।

दैनिक ४ जनाभन्दा बढी संक्रमित देखिन थालेपछि ओसाकाका गभर्नरले केन्द्र सरकारसंग तत्काल नियन्त्रण प्राथमिकता उपायहरु लागु गर्नका लागि अनुरोध गरेका छन् । प्रान्त सरकारको अनुरोध आएपछि आज प्रधानमंत्री योसिहिदे सुगाले विज्ञहरुसंग छलफल गरि, यस विषयमा निर्णय लिने बताईएको छ ।

आपतकालिन् अवस्था घोषणा नभएता पनि विशेष परिस्थिति मुलुक कानुनमा टेकि, जारी गरिने यस प्रकारको नियन्त्रण रोकथाम प्राथमिकताका उपायहरुले मानिसहरुको भिडभाड कम गर्न तथा व्यवसायका समय छोट्याउनका लागि आम नागरिकहरुमा अनुरोध गर्न सक्नेछ ।

आज,सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरी, राय सुझाव लिई प्रधानमन्त्रीले निर्णय गर्ने तयारी गरिएको ‘ संक्रमण नियन्त्रण प्राथमिकताका उपायहरु’कार्यन्वयनमा आए अघोषित आपतकालिन् अवस्था जस्तै हुनेछ । कानुन त आपतकालिन् अवस्था नरहे पनि व्यवाहरिकत: आपतकालिन् अवस्था जस्तै हुनेछ ।

हिजो( मार्च ३१ तारिख) जापानभर २,८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार