{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1617322355602","source":"other","origin":"gallery"}

टोकियो/जापान । जापानमा वसोवास गर्ने विदेशीहरुको संख्या कोरनाका कारण घट्न पुगेको देखिएको छ ।
अध्यागमन विभागद्वारा जारी एक तथ्यांक अनुसार, सन २०२०मा जापानमा बसोबास गरिरहेका विदेशी नागरिकहरुको संख्या घटेर ८ वर्ष अघिको अवस्थामा पुगेको छ ।

जापानको अध्यागमन विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीको संख्या २८ लाख ८७ हजार ११६ रहेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १ दशमलव ६ प्रतिशत कमी हो । सरकारले कोरोना महामारी नियन्त्रण गर्न सीमामा गरिएको कडाई,रोजगारीमा भएको कटौतीका कारण आफ्नै देश फर्किनेहरुको बढ्दो संख्या जस्ता घटनाहरुलाई कारक मानिएको छ । जापानमा चिनियाँ नागरिकहरु सबैभन्दा धेरै रहेका छन् भने त्यसपछि भियतनामी र दक्षिण कोरियालीहरु दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

अध्यागमन विभागले जनाए अनुसार, सन २०२० मा १५ हजार ८ सय ७५ जना विदेशी नागरिकहरुलाई कारबाही गरिएको छ । अध्यागमन नियन्त्रण र शरणार्थी पहिचान कानून उल्लंघन गरेको आरोपमा कारबाही गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार