
टोकियो/जापान । शनिबार, अप्रिल ३ तारिख जापानभर एकैदिन २ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार पुष्टि भएको संक्रमित संख्यासंगै जापानमा कुल संक्रमित संख्या ४ लाख ८४ हजार १७ जना पुगेको छ । संक्रमित मध्ये ९ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ४ लाख ४९ हजार ७ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन् ।
पछिल्लादिन जापानको कान्साई क्षेत्रका ओसाका तथा कान्तो क्षेत्रका टोकियो, साईतामा, खानागावा र चिबामा संक्रमण जोखिम बढिरहेको छ । त्यसो त जापानका ४७ मध्ये ४३ ओटा प्रान्तहरुमा नै संक्रमितहरु पुष्टि भएका छन् ।
मार्चको मध्यतिरबाट फूल्न सुरुभएको साकुरा,स्कुल, कलेजहरुको विदाई समारोह जस्ता मानिसहरुको उच्च जमघट र भिडभाड हुने खालका कार्यक्रमहरु बढेकाले संक्रमण पनि बढेको आँकल गरिएको छ । यसैविच कान्साईका ओसाका लगायतका प्रान्तहरुमा आपतकालिन् अवस्था नभएता पनि,कोरोना संक्रमण रोकथामका लागि उच्च कडाईका नियमहरु लागु गर्ने घोषणा भईसकेको छ । जसको कार्यन्वयन यहि अप्रिल ५ तारिखबाट हुनेछ ।
जापान अन्य निकसित मुलुकहरुको तुलनामा पछिल्ला दिन, कोरोना संक्रमण नियन्त्रणमा कमजोर देखिन थालेको छ । यकातिर २/२ पटक आपतकालिन् अवस्था लागु गरेतापनि संक्रमितहरु घट्न सकेनन् भने, अर्कोतिर सबै नागरिकहरुलाई निःशुल्क खोप लगाउने प्रतिवद्दतासहित सुरु गरिको खोप अभियान पनि कछुवाको चालमा चलिरहेको छ । अर्कोतिर महत्वाकांक्षी टोकियो ओलम्पिक नजिकै छ ।
जापानले , लाखौँ प्रतिक्षारत नव प्रवेशीहरुलाई कुनै आशा देखाउन सकेको छैन भने, अर्कोतिर जापानभित्रै पनि धमाधम रोजगारी गुमाउनेहरु बढिरहेका छन् । लामो समय देखि सवैप्रकारका व्यवसायहरुलाई अनुदान दिएर थेग्ने प्रयास गरिरहेको छ ।
जापानी संचार माध्यमहरुको समाचार विश्लेषण गर्दा, विदेश मन्त्री तथा विदेश मन्त्रालय माताहतका निकायले नव प्रवेशीहरुलाई पनि ल्याउने तयारी गरिरहेको बताएता पनि कोरोना नियन्त्रण नभई अहिलेकै अवस्थामा जापान सरकारले नयाँ भिसा बाहक विदेशीहरुलाई भित्राउने सम्भावना खासै देखिदैन । त्यसैले अझै केहि समय धैर्य गर्नुको विकल्प देखिदैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




