टोकियो। जापानका प्रधानमन्त्री योसिहिदे सुगा भोली बिहीवार अमेरिकाको भ्रमणमा निस्कने भएका छन । जापानको बिदेश मन्त्रालयले दिएको जानकारी अनुसार उनी भोलीनै अमेरिका पुग्ने र औपचारिक भेट्घाट गर्नेछन ।
जोए बिडेन अमेरिकाको राष्ट्रपतिमा निवार्चित भए पछी जापानका तर्फ बाट पहिलो पटक प्रधानमन्त्री सुगाले भ्रमण गर्न लागेका हुन । प्रधानमन्त्री सुगा र अमेरिकि राष्ट्रपति बिडेनबीच टेलिफोनमा कुराकानी भएका भएता पनि आमने सामने हुने मौका पहिलो पटक मिलेको हो ।
यि दुबै राष्ट्र प्रमुखले पहिलो पटक गर्न लागेको भेटमा के के बिषयमा कुराकानी हुन्छ भन्ने खुलाईएको त छैन तर कोरोना सक्रमण नियन्त्रण, एसियन राष्ट्रहरु सँगको सम्बन्ध र म्यानमारको राजनीतिक संकटका बिषयमा कुरा हुन सक्ने संचार माध्यमहरुले बिश्लेशण गरेका छन ।
अन्तरराष्ट्रिय समुदायको असन्तुष्टीका बाबजुद पनि म्यानमारमा सैन्य कारबाही नरोकिएको, ठुलो संख्यामा नागरिकहरुको मृत्यु भैरहेको बिषयमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा दुई देशका सरकार प्रमुखबीच छलफलको सम्भावना रहेको संचार माध्यमहरुको अनुमान छ ।
प्रधानमन्त्री सुगा १९ गते स्वदेश फर्कनेछन् ।
(समाचार एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




