टोकियो/जापान । हिजो ( अप्रिल १५ तारिख) जापानको सिन्जुकु वार्डको सिमोउचीआई नजिकै रेहेको एक मान्सोनको अन्डर ग्राउन्ड पार्किङमा राखिएको अग्नि नियन्त्रण मेसिन बिग्रीएर, बनाउने क्रममा,४ जना मानिसहरुको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा, ४ जना मर्मत संभारमा संलग्न कर्मचारीहरु रहेको बताईएको छ । समाचारमा जनाईए अनुसार, उक्त अग्नि नियन्त्रण ग्यासँले भरिएका सिलिण्डरहरुमा खराबी उत्पन्न भई कार्बन डाई अक्साईड(Co2) साविकको समयभन्दा सयौँ गुणा बढी रहेको पाईएको छ । कार्वनडाई अक्साईडको कारण मृत्यु भएको अनुमान गरिएको छ । घटनाको बारेमा प्रहरीले थप विस्तृत अध्ययन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार