
ओकिनवा/जापान । विश्वका धेरै मानिसहरुलाई यो थाह छ, कि जापानका विद्यालयहरुमा एकदमै सुव्यवस्थित र अनुशासित वातावरण हुन्छ ।
तर, ओकिनवा केनको एक विद्यालयमा, हालसम्म कसैलाई पनि थाह नभएको र कसैले कल्पना नै नगर्ने घटना घटेको खबरहरु प्रकाशनमा आएको छ । जापानी संचार माध्यमहरुमा प्रकाशित खबरका अनुसार, ओकिनवा केनको एक विद्यालयका शिक्षकले कक्षा कोठाभित्र पढाउँदा पढाउँदै मद्यपान गरेका छन् ।
ओकिनवाको मुख्य सहरमा रहेको एक एलिमेन्ट्री स्कुलका शिक्षकले गत फेब्रुअरी महिनाको २२ र २६ तारिख २ पटकसम्म कक्षा कोठामै बसी( विद्यार्थीहरुलाई क्लासवर्क गर्न लगाएको बेला) च्युहाई (क्यानमा पाईने जापानी अल्कोहल जन्य पेयपदार्थ,जस्मा अधिकतम १२ प्रतिशत सम्म अल्कोहल हुनेगर्दछ) पिएको भेटिएको हो । विद्यार्थीले शिक्षकको पेय पदार्थको क्यान देखेपछि अर्का शिक्षकसंग यसबारे जानकारी गराएका थिए । ति सहकर्मी शिक्षकले यसबारे सोधपुछ गर्दा, उनले आवेगमा आफूले, मद्यपान गरेको स्विकार गरेका थिए ।
उक्त घटना पुष्टि भएपछि यहि अप्रिल १५ मा ओकिनवा प्रान्तिय शिक्षा बोर्डले ति शिक्षकलाई स्थानीय लोक सेवा ऐन अन्तर्गत रहि अनुशासनको कारबाही स्वरुप ३ महिनासम्मलाई उनको
तलबमा १० प्रतिशत कटौती गरेको बताएको छ । उनलाई कारबाही गर्दै शिक्षा बोर्डका प्रमुखले शिक्षकको अनुशासनहिन हर्कतप्रति माफी पनि मागेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




