
नागोया/जापान । गल्कोट समाज क्षेत्रीय समिति नागोया जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ।अप्रिल २७ तारिक मंगलबार नागोयामा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट ११ टोलिको सहभागिता रहेको थियो।प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गुम्बा भलिबल गाईज पुगेका थिए। दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लव टोकियो ,गल्कोट समाज जापान र बाग्लुंग समाज जापानलाई आयोजकले एउटै पोलमा राखेको थियो।यी तिनै टीम उपाधि दाबेदार टीम थिए।दुबै उत्कृष्ट बाग्लुग समाज र गल्कोट समाजको टीमलाई पराजित गर्दै गल्कोट स्पोर्टस् क्लवले बिजयी शुरुवात गरेको थियो।क्वाटर फाईनल बाट बेष्ट अफ फाईब खेलाएको आयोजकले फाईनल खेल भने समय अभाबमा बेष्ट अफ थ्री गरेको थियो।
गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा भलिबलको प्रबर्धनमा निरन्तर लागेको संस्था समेत हो।यो जीत संगै जापानमा पछिल्लो समय बिभिन्न संघ संस्थाले आयोजना गरेका भलिबल प्रतियोगितामा निरन्तर चार पटक सम्म प्रथम स्थान प्राप्त गरेर ईतिहास रच्न सफल भएको छ।यस प्रतियोगितामा प्रथम हुने गल्कोट स्पोर्टस् क्लवले नगद ३लाख येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुने गुम्बा भलिबल गाईजले नगद २लाख येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुने गल्कोट समाज जापानले नगद १ लाख येन प्रमाण पत्र,मेडल प्राप्त गर्न सफल भएको थियो।
बिजयी गल्कोट स्पोर्टस् कल्वका तर्फबाट बेष्ट स्पाईक रेशम बस्नेत र बेष्ट डिफेन्डरको उपाधी मनोज के सीले प्राप्त गरेका थिए ।
आयोजकले खेलबाट भएको आम्दानीबाट धुर्मुस सुन्तलि फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्द अन्तराष्ट्रिय रंगशालालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




