{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1620389418639","source":"other","origin":"gallery"}

टोकियो/जापान । जापान सरकारले आज भरखरै गरेको निर्णय अनुसार यही मे १०तारिकबाट लागू हुने गरी नेपाल, भारत र पाकिस्तानबाट जापान छिर्ने सम्पुर्ण यात्रुले अनिवार्य रुपमा तोकिएको होटेलमा ६ दिन बस्नुपर्ने नयां नियम लागू गर्ने भएको छ।
त्यस अवधीमा तेस्रो र छैठौं दिनमा PCR Test गर्ने र दुबैपटक नेगेटिभ आए होटेल छाडेर आफ्नो ठाउमा जान सकिने र १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू हुनेछ ।

तत्काललाई भने, नेपालले अन्तर्राष्ट्रीय उडान बन्द गरेको छ ।

स्रोत:जिज्ञान कुमार थापा


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार