
टोकियो/जापान । जापान स्थित नेपाली दुतावासले नेपालमा बढ्दो कोरोना महामारीको संकटमा, संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापनमा पहल प्रारम्भ गरेको छ ।
राजदूतावासले जारी गरेको प्रेष विज्ञप्तिका अनुसार, आज ( मे ९ तारिख)जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणाको अध्यक्षतामा एक विशेष बैठक बसी छलफल गरिएको हो । बैठकमा- गैहआवासीय नेपाली संघ , अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष भवन भट्ट , गैहआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय समितिका अध्यक्ष देवीलाल भन्डारी , नेपाल पत्रकार महासंघ , जापानका अध्यक्ष मोहन घले , गैहआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय समितिका महासचिव जनक विक्रम शाही एवं प्रवक्ता सिद्धार्थ श्रेष्ठ र राजदूतावासका कूटनीतिक कर्मचारीहरुको उपस्थिति थियो ।
बैठकमा राजदूत राणाले, नेपालमा कोरोना संक्रमणले महामारीको रुपलिइरहेको सन्दर्भमा आपतकालीन सहायताको आवश्यकता भएको हुँदा देश विदेशबाट जो जसले जे जसरी सहयोग गर्न सकिन्छ गर्नुपर्ने अवस्था रहेको विषय औंल्याउनु भयो । उक्त बैठकमा गैहआवासीय नेपाली संघ , अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष भवन भट्टले नेपालमा यस अघिका दैवी विपत्तिहरुको समयमा जापानबासी नेपालीहरुले यथाशक्य सहयोग गर्ने गरेको व्यहोरा उल्लेख गर्नुहुँदै अहिलेको महामारीको समयमा पनि आफूहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । गैहआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय समिति , जापानका अध्यक्ष देवीलाल भण्डारीले गत वर्ष देखि शुरु भएको यो महामारीमा जापानमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको सहयोगका लागि गैहआबासीय नेपाली संघ , जापानले सहयोग गर्दैआएको र नेपालमा आइपरेको समस्या समाधानका लागि पनि सक्दो सहयोग गर्न गैहआवासीय नेपाली संघ , जापान तत्पर रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ , जापानका अध्यक्ष मोहन घलेले यस्तो महामारीका समयमा एकजुट भएर मातृभूमिलाई सहयोग गर्नु सबैको कर्तव्य भएको औल्याउनु भयो । बैठकले राजदूत राणाको प्रमुख संरक्षकत्व र भवन भट्टको संयोजकत्वमा ‘ मातृभूमिका लागि कोभिड – १ ९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति , जापान गठन गरी सहयोगको कार्यलाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




