टोकियो/जापान । यो वर्ष जापानमा वर्षायाम साविकका वर्षहरुभन्दा २ साता चाँडै सुरु भएको छ । जापानी मौसम विज्ञान एजेन्सीका अनुसार, उत्तरी तथा पश्चिमी जापान हुँदै वर्षाको प्रारम्भ भईसकेको छ । जापानी संचारमाध्यमहरुमा प्रकाशित समाचारहरुका अनुसार, आजै देखि उत्तरी, पश्चिमी तथा पुर्वी जापानका अधिकांस क्षेत्रहरुमा वर्षा गराउने खालको बादल लागेका छन् भने भोलि( मे १७ तारिख)उत्तरी तथा पश्चिमी जापानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

वायुमणडलीय अस्थिरतासंगै जापानका अन्य क्षेत्रहरुमा पनि झण्डै एक साता मौसमी बदली रहने बताईएको छ ।

सम्भावित भारी वर्षा, चट्यांङ जस्ता बायुमन्डलीय प्रभावहरु प्रति सतर्क रहन र समय समयमा आफु बसेको क्षेत्रको मौसमी खबरहरु हेर्नका लागि सबै नागरिकहरुमा अनुरोध गरिएको छ । खासगरी भारी वर्षाका कारण बाढी/पहिरो तथा डुबानका जोखिम बढ्न सक्नेतर्फ मौसम विज्ञान एजेन्सीले सचेत रहन भनेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार