टोकियो/जापान ।सोमबार( मे १७ तारिख) जापानभर एकैदिन ११६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने ३ हजार ६ सय ८० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

जापानमा केहि दिन यता संक्रमित संख्यामा केहि मात्रामा कमि आएको हो कि जस्तो देखिएतापनि कोरोनाका कारण हुने मृत्यु तथा गम्भीर प्रकृतिका बिरामीहरु भने बढिरहेका छन् ।

सोमबारसम्ममा जापानभर ६ लाख ८९ हजार १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ११ हजार ७ सय ५३ जनाले ज्यान गुमाएका छन् भने,५ लाख ९५ हजार ८ सय ३६ जनाले कोरोनालाई जित्दै स्वास्थ्य लाभ लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार