Å@ÉEÉBÉVÉÖÉ}ÅEÉTÉìÉ_É}ÉäÇ≥ÇÒÇÃà‚âeÇéËÇ…ñºå√âÆèoì¸çëç›óØä«óùã«Ç…å¸Ç©Ç§à‚ë∞ÇÁÅÅÇPÇVì˙åflëOÅAñºå√âÆés

टोकियो/जापान । जापानको नागोया अध्यागमन विभागको हिरासतमा मृत्यु भएकी श्रीलंकन युवतीका परिवारले आज जापानी कानुन मन्त्रीसंग भेट गर्ने भएका छन् । यस अघि यसै महिनाको सुरुवातीमा जापान आईपुगेका उनको परिवारसंग भेट्न अश्विकार गरेका थिए ।

विद्यार्थी भिसा सकिएपछि, अवैधरुपमा ओभरस्टे बसेकी उनलाई, नागोया अध्यागमन विभागको हिरासतमा राखिएको थियो । हिरासतमा राख्नेक्रममा, अध्यागमन भित्रै भएको मृत्यु संकास्पद एवं अध्यागमनको लापरवाहीका कारण भएको भन्दै,उनका परिवार तथा अधिकारकर्मीहरुले चित्त बुझ्दो जवाफ खोजिरहेका छन् । हिजो, नागोया अध्यागमनका सम्बन्धित विभागका प्रमुखलाई भेट गरेका परिवारले त्यहाँबाट पनि चित्त बुझ्दो जवाफ नपाएको प्रतिकृया दिएका छन् ।

यस अघि, गरिएका आशंका अनुसार मृतक (रत्नायक लियानागे विश्मा सान्दामाली)हिरासतमा रहँदा बिरामी हुँदा समेत उपचारको व्यवस्था नगरिदिएको र उपचारकै अभावमा मृत्यु भएको अनुमान गरिएको छ । त्यसो त जापानका अध्यागम हिरासतमा अमानविय व्यवहार हुने गरेको मानव अधिकारकर्मीहरु अन्य घटनाका सवालमा पनि बताउँदै आएका छन् ।

मृतक युवतीका परिवारले हाल सेवा लिईरहेका वकिलले जापानी संचार माध्यमहरुमा बताए अनुसार, यस अघि मृतकका परिवार संग भेट्न अस्विकार गरेका कानुन् मन्त्री खामीखावा योउकेले , आज साँझ ६ बजे टोकियो स्थित न्याय मन्त्रालयमा परिवारलाई भेट्ने समय दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार