
टोकियो/जापान । आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा सोमबार सम्पन्न छैठौं सिल्भर कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टस क्लवले नै जितेको छ ।
रोमान्चक प्रतिस्पर्धामा आयोजकले गल्कोट समाज जापानलाई हराउदै उपाधीसंगै तीन लाख नगद येन तथा शिल्ड समेत सुरक्षित पारेको छ। उपविजेता गल्कोट समाजले दुई लाख येन र रनरअप शिल्ड हात पार्यो।यस्तै सान्त्वना पुरस्कारमा सेमीफाईनलमा पराजित एनविए जापान र एनवाईएससी क्लवले ५०/५० हजार येन प्रमाण पत्र तथा मेडल प्राप्त गरे।
साईतामाको वारावी कितामाचीको जिम्नासियम हलमा भएको प्रतिस्पर्धामा जापानभरिका १२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मानपत्रले सम्मान गर्ने गरिएको थियो भने बिधागत आठवटा पुरस्कार प्रदान गरिएको थियो । जसमा उत्कृष्ट कोचमा देवेन्द्र खत्री, स्पाईकरमा महेन्द्र भण्डारी, ब्लकरमा राजा खत्री, सेटरमा महेन्द्र सहानी, डिफेण्डरमा राजन मल्ल ठकुरी, क्विकरमा मनोज केसी र सर्भरमा विकास केसी तथा लिवुरो तर्फ मनोज केसीले व्यक्तिगत पुरस्कार पाए।यस्तै उत्कृष्ट खेलाडी सहित जापानमा नेपालीहरूले संचालन गरेको मिराई लाईफ ईन्स्योरेन्सबाट खेलाडी हितमान थापाले निशुल्क बीमा पुरस्कार स्वरूप प्राप्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि गल्कोट समाज जापानका अध्यक्ष याम खत्री सहित महासचिव नवीन निउरे, नेपाल भलिवल संघ जापानका अध्यक्ष रत्नसिंह बस्नेत, एनआरएनए पूर्व उपाध्यक्षा तथा सल्लाहकार शिवप्रसाद पौडेल, बाग्लुङ समाज जापानका अध्यक्ष प्रेम कंडेल, नेपाली जनसम्पर्क समितिका उपसभापति रामकृष्ण बममल्ल, कोषाध्यक्ष बावुराम सापकोटा, गल्कोट स्पोर्टस क्लवका संस्थापक गिरी शेरचन, आयोजक समितिका अध्यक्ष लक्ष्मण कार्की, महासचिव दुर्गा बहादुर खत्री, मिराई लाईफ ईन्स्योरेन्सका प्रतिनिधि तथा नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला, सिल्भर कप प्रायोजन गर्ने व्यवसायी चन्द्र बहादुर खत्रीको तर्फबाट दीपेश खत्री लगायतले प्रतियोगितामा विभिन्न रूपमा सहयोग गर्ने दाताहरूलाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी सहभागी टिम, खेलाडी तथा दर्शकलाई समापन अवसरमा मुख्य प्रायोजक गल्कोट समाज जापानका अध्यक्ष याम खत्री तथा गल्कोट स्पोर्टस क्लबका अध्यक्ष लक्ष्मण कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




