{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1622866772448","source":"other"}

साईतामा/जापान । साईतामा केनको कासुकावे तोबुनोदा लाईनमा रेल र कारको ठक्करमा परि २ जना बालबालिका सहित ३ जना घाईते भएका छन् ।

आज बिहान कासुकावे सहरको तोवुनोदा लाईनमा तोयोहारु स्टेसम नजिकैको रेलमार्गको क्रसिङ्गमा एउटा कार र रेल ठक्कर खाएको हो । घटनाको उद्दारमा संलग्न दमकल विभागले जनाए अनुसार एक वयस्क मानिस र २ जना बालबालिकाहरु घाईते भएका छन् । घटनाको कारण तथा त्यसको क्षतिबारे विस्तृत अध्ययन भईरहेको छ ।

घटना बिहान १०:२५ बजेतिर, घटेको हो । रेलमार्ग पार गर्नेक्रममा कार ठोक्किन पुगेको बताईएको छ । अत्यन्तै व्यवस्थित जापानको रेलमार्गमा पनि वेला बेलामा यस्ता घटनाहरु घट्ने गरेको खबरहरु आउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार