{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623114160772","source":"other","origin":"gallery"}

सिजुओका/जापान । रबि लामिछानेको नेतृत्वमा सन्चालन भैरहेको जनमैत्री अस्पातलको लागि जापानको, सिजुओकावासी नेपालीहरुले ६ लाख ७४ हजार ४ सय २३ रुपैँया सहयोग हस्तान्तरण गरेका छन् ।


जापान शिजुओकामा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरुको साझा संस्था शिजुओका युनाईटेड परिवारले,सहयोग अभियान चलाएको थियो । छोटो समयमा धेरै भन्दा धेरै सन्कलन गर्ने अभियानलाई विश्वास गरी सहयोग गर्ने सबै सहयोगी मनहरुमा संस्थाले कृतज्ञता व्यक्त गरेको छ ।

सम्पूर्ण सहयोगीहरुबाट प्राप्त रकम हिजो(जुन ९७ तारिख) रबि लामिछाने फाउन्डेसनमा पठाईएको हो । संस्थाको तर्फबाट रेसम डँगोलले दिएको जानकारी अनुसार, फाउनेडसनमा ६ लाख ७४ हजार ४ सय २३ रुपैँया पठाईएको हो ।

विगतदेखिनै विभिन्न सर- सहयोगमा जुट्दै आएको सिजुओका युनाईटेडले जन्मभूमिले भोगिरहेको यो संकटमा केहि राहत होस भनेर यो सहयोग जुटाएको हो । भोलिका दिनहरुमा पनि सिजुओका युनाईटेड परिवारले सम्पूर्ण सिजुओकावासी नेपाली दाजुभाइ दिदी बहिनीहरुसँग हातेमालो गर्दै समृद्ध समाज निर्माण गर्दै अगाडि बड्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार