{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623386049497","source":"other"}

टोकियो/जापान । जापानको टोकियो,ओसाका लगायतका १० ओटा प्रान्तहरुमा कायम आपतकाल तोकिएको समय( आगमी २० तारिख) नै हटाउने या अझै थप्ने भन्नेबारे अर्को साता विज्ञहरुसंगको परामर्श पछि मात्रै टुंगो लाग्ने भएको छ ।

मन्त्रीपरिषदको बैठक सकिएपछि, एक पत्रकार सम्मेलनमा आपतकाल बारे बोल्दै आर्थिक पुनरुत्थान मन्त्री निशिमुराले भने -‘पर्याप्त अस्पत्ताल शैय्याहरु छन् या छैन भन्ने ढुक्क हुनु अहिलेको पहिलो आवश्यकता हो ।यसबारे अर्को साता विज्ञहरुसंग छलफल गरि संक्रमणको वास्तविक अवस्था विश्लेषण भएपश्चात मात्रै निर्णय गरिनेछ ।’

मन्त्री निशिमुराका अनुसार जापानभरको कुल संक्रमित संख्यामा गिरावट आएता पनि टोकियो तथा ओसाका जस्ता सहरहरुमा मानिसहरुको आवतजावत बढिरहेको छ भने,कान्साईका विभिन्न क्षेत्रहरु, होक्काईदो,ओकिनवा, आईची तथा फुकुओका जस्ता सहरहरुमा अझै पनि कठिन अवस्थानै कायम रहेको छ । त्यसैले अहिले केहि कमी भएजस्तो भएपनि फेरि संक्रमण ह्वात्तै बढ्न सक्छ, जसका लागि अस्पतालहरुको शैय्या स्थिर गराउनु अहिलेको पहिलो प्राथमिकता हो । यि सबै परिस्थितिहरुलाई हेर्दा २० तारिख भन्दा केहि दिन अघि विज्ञ तथा सम्पूर्ण सरोकारवाला निकायहरुसंगको परमर्श पछि निर्णय गरिने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार