
टोकियो/जापान । जापानमा रहेका बारा जिल्लाका नेपालीहरु संगठित भई बारा समाज जापान गठन गरेका छन् ।
नेपालको बारा जिल्लामा स्थायी घर भई हाल विभिन्न पेशा एवं कामको सिलसिलामा जापानका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका बारा जिल्लावासीहरुले आगामी दिनमा सामाना गर्नु पर्ने समस्या र चुनौतीहरुलाई सहजै समाधानका लागी आपसी सहयोग, सद्भभाव, भातृत्व अभिबृद्धि तथा बारा जिल्लाको समृद्धि र विकासका लागि बारा समाज आज सन २०२१ जुन १५ का दिन १३ सदस्यीय कार्यसमितिको गठन गरिएको अनिल गिरीले जानकारी दिनुभयो ।

कार्यसमितिमा-अध्यक्ष : अनिल गिरी,उपाध्यक्ष: बैकुण्ठ गौतम,सचिव: प्रवेश पोख्रेल,सह सचिव: सुजता थापा,कोषाध्यक्ष: मनोज अधिकारी,
सह- कोषाध्यक्ष : ममता थापा रहेका छन् भने सदस्यहरुमा – १.मन्दीप अधिकारी २.भुषन कुमार गुप्ता ३.ममता सापकोटा ४.उत्तम कुमार चौलागाइ ५.अमृत लामिछाने ६.बिष्णु न्यौपाने ७. धर्मेन्द्र चौधरी रहेका छन् । त्यस्तै नविन लामा र
महेश्वर अधिकारी सल्लाहकार रहेको बताईएको छ ।
बारा समाज जापानको पहिलो बैठकको निर्णय अनुसार सर्वप्रथम संस्थालाई विधिवत रुपमा दर्ता प्रकृयमा लैजाने , जापानमा अवस्थिति हरेक सङ्घ संस्थागत आगामी दिनमा सहकार्य र समन्वय गर्दै जाने तथा बारा जिल्ला वासीहरुलाई हरेक प्रकारको गतिविधिहरुमा सक्रिय सहभागिता गराउदै लैजाने निर्णय भएको छ। त्यस्तै गरी जिल्लाका आर्थिक सामाजिक साँस्कृतिक एवं विपदसम्बन्धि हरेक गतिबिधिमा साथ र सहयोगको निम्ति तत्पर रहने तथा जापानमा आउने नयाँ पुस्तालाई हौसला मार्गदर्शन तथा हरेक तवरको सहयोग गर्ने रहेको छ । साथै बारा वासीले भविष्यमा सामाना गर्नु पर्ने समस्याहरुलाई सम्बोधन गर्नका लागी राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




