खानागावा/जापान । जापानबासी नेपालीहरुमाझ वर्क पर्मिट नदिएको, भिसा नपाएको, एइजिउ एप्लाई गर्दा नदिएको लगायतका कुराहरु हिजोआज धेरै सुनिन थालेको छ ।
करिब १ लाख नेपाली बसोबास गरिरहेको जापानमा स–साना कमजोरीहरुकै कारण कानूनत बस्न पाउने आधार हामी आफैले बिगारीरहेका त छैनौ ? नियम नजानेर वा पछि सम्म नसोचेर अन्जानमा भएका गल्तिले भिसा रद्द हुने, वर्क पर्मिट रिन्यु नहुने वा एइजिउ नपाउने जस्ता समस्याहरु देखिन थालेपछि कानागावा केनमा भिसा सम्बन्धि यस्तै विभिन्न विषयहरुमा केन्द्रित रही यहि २६ तारिक निःशुल्क सेमिनार आयोजना गरिएको छ । कार्यक्रम कानागावा नेपाल कम्युनिटिको अनुरोधमा अन्तराष्ट्रिय नियोगको आयोजना र योकोसुका नगरपालिकाको सहयोगमा हुन लागेको हो। उक्त कार्यक्रममा Kanagawa Administrative Lawyers Associations बाट २ जना जापानी बिज्ञहरु सामेल हुनुहुनेछ ।
कानावावाबासी नेपालीहरुका विभिन्न समस्यामा सर–सहयोग गर्दै आएको कानागावा नेपाल कम्युनिटिका अध्यक्ष हरी सापकोटाले स्थानिय सरकारको बिभिन्न बैठकहरुमा हाल नेपालीहरुले भोगिरहेको समस्या बारे बिज्ञबाट राय सल्लाहको लागि पहल गरेको र यस कार्यक्रम त्यसैको उपज रहेको बताउनुभयो । लामो समयदेखी योकोसुकामा व्यवसाय गर्दै आउनुभएको कम्युनिटिका सल्लाहकार लोकनाथ वस्तिले हाल ३०० जनााको हाराहारीमा योकोसुकामा नेपाली बस्दै गर्नुभएको र अझ व्यवस्थित ढंगले बसेर व्यवसाय गर्न यो कार्यक्रम फलदायी हुने बताउनुभयो ।
जापानमा नेपाली बच्चाबच्ची जन्मने र हुर्कने क्रम बढेसंगै आफ्नो र बालबालिकाको भिसा, भाषा र भविष्यको बारेमा सम्बन्धित बिशेषज्ञहरुसंग सल्लाह लिने ठाउँ नहुदा समस्यामा परेका नेपालीहरुले यो निःशुल्क कार्यक्रममा २ घण्टा सामेल भएर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमका लागि योकोसुका र यस वरपरका नेपालीहरुले प्रत्यक्ष रुपमा भाग लिन सक्नुहुनेछ भने अन्य प्रिफेक्चरबाट अनलाइन मार्फत पनि सहभागी हुन सकिनेछ ।
कार्यक्रम निःशुल्क भएतापनि हलको क्षमता र कोरोना को प्रभावलाई ध्यानमा राखी दूरी कायम गर्नुपर्ने हुदाँ अग्रिम बुकिङ आवश्यक छ । अनलाइनको लागी पनि बुकिंग गर्नु पर्ने हुँदा भाग लिन चाहनेले तलको लिङकमा गई अनिवार्य रुपमा फारम भर्नुहोला ।
सहभागी हुनलाई यो फारम भर्नुहोस्
मितिः२६ तारिक जुन २०२१ (शनिवार)
समयः २ बजे बाट ४ बजे सम्म
स्थानः योकोसुका सि सोउगो फुकुसि खाइखान वा अनलाइन
जाने तरिकाः सिओइरि स्टेसन बाट ६ मिनेट, योकोसुका चिउओउ बाट ८ मिनेट पैदल
नेपाली भाषा अनुवादक पनि रहनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




