{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1624146199498","source":"other","origin":"unknown"}

टोकियो/जापान । टर्किको ईस्तानबुलमा बिरालो मारेर खाएको पुष्टि भएपछि १ जना जापानी नागरिकलाई हाल त्यहाँको अध्यागमनले थुनामा राखेको छ । स्रोतका अनुसार उनलाई देश निकालाको तयारी गरिँदैछ ।

बिरालो, संसारभरकै मानिसहरु घरपालुवा जनावरको रुपमा प्रेमका साथ पाल्ने गर्दछन् भने, टर्किमा अझ बिरालोप्रतिको मायाँ/प्रेम अधिक रहँने गर्दछ । टर्कीमा बिरालो खाने कुरा अत्यन्तै अस्वभाविक कुरा हो । त्यहाँका मानिसहरु बिरालोलाई अत्यन्तै मायालु जनावरको रुपमा लिने गर्दछन् ।

समाचारहरुमा जनाईए अनुसार, जापानको टोकियोका ति ३० वर्षिय जापानी नागरिकले ईस्तानबुलको सडकमा पाईने बिरालाहरु ( हाम्रो नेपालमा वेवारिसे कुकुरहरु जस्तै )मध्ये ५ ओटा बिरालाका बच्चाहरु समातेर घर लगि मारेर खाएका हुन् । त्यसो त बिरालो जापानीहरुले बढो प्रेमका साथ पाल्ने घर पालुवा जनावर हो । टर्किमा मात्रै नभई जापानमा पनि बिरालो मारेर खानु अस्वभाविक र कारबाही जन्य घटना हो । यद्यपी स्थानीय सरकारले उनले ५ ओटा बिरालाहरु मारेर खाएको पुष्टि गर्दै सजायको फैसला गरिसकेको छ ।

ति बिरालाहरु खाने जापानी नागरिकलाई १ लाख ३० हजार जापानी येन जरिबाना तिराईएको छ भने, जापान फर्काउनका लागि हाल अध्यागमनको थुनामा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार