{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1624362120739","source":"other"}

टोकियो/जापान । टोकियो महानगर की गभर्नर युरिको कोईकेले अत्याधिक थकानका कारण यो साताभर सार्वजनिक गतिविधिहरुबाट अलग रहि आरम गर्ने भएकि छिन् ।

महानगरले जनाए अनुसार, २२ तारिख मंगलबार राती यसबारे जानकारी गराईएको हो । यस साताभार गभर्नर कोईकेको कार्यभार डिपुटी गभर्नर तारोले सम्हाल्ने छन् ।

गभर्नर कोईके नजिकिँदै गरेको टोकियो ओलम्पिक र यसको विविध व्यवस्थापन तथा महानगर भित्रको कोरोना संक्रमण नियन्त्रणमा निरन्तर जुट्दै आएकी छिन् । कोईके कोरोना संक्रमण नियन्त्रण तथा टोकियो ओलम्पिक दुवैको जिम्मेवारी सम्हाल्न निकै मेहनतका साथ लागिरहेकि छिन् । यसैविच उनले आफु निकै थकेको बताउँदै एक साता सार्वजनिक कामकाजबाट अलग हुने निर्णय गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार