{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625891201390","source":"other","origin":"unknown"}

सिजुओका/जापान । सिजुओका केनको आतामी सहरमा पर्ने ईजुसान वार्डमा पहिरो गएको आज एक साता पुगेको छ। यो एक साताको अवधिमा ९ जनाको निधन पुष्टि भएको छ भने अझै कम्तिमा २० जनाभन्दा बढी मानिसहरुको अवस्था अज्ञात रहेको छ ।

गत ३ तारिख आएको पहिरो र त्यसपछि पटक-पटक थपिएका साना-साना पहिरोको प्रकोपमा परि त्यस क्षेत्र १२० भन्दा धेरै घरहरु पुरिएका छन् । अहिले पनि दमकल विभाग तथा सेल्फ डिफेन्स फोर्स( सैनिक) सम्मिलित करिब १७ सय जना उद्दारकर्ताहरु निरन्तर उद्दार तथा खोजी कार्यमा खटिरहेका छन् ।

शनिबारसम्मको जानरकारी अनुसार , त्यस क्षेत्रका ५७० जना मानिसहरु सोहि क्षेत्रको सुरक्षित स्थानमा रहेको २ ओटा होटलमा आरक्षण लिईरहेका छन् ।

नेपाली समुदायमा आग्रह
हालसम्मको, खबरहरुमा नेपाली समुदायका मानिसहरु प्रकोपमा परेको कुरा सार्वजनिक भएको छैन । यद्यपी निरन्तर वर्षा जारी रहेकाले आतामी मात्रै नभई जापानका अन्य स्थानहरुमा पनि बाढी पहिरोको जोखिम रहेकोछ । त्यसैले स्थानिय निकायका सुचना तथा समाचारहरुमा अपडेट रहँदै गरौँ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार