
टोकियो /जापान। राप्ती समाज जापानको तेस्रो अधिवेशन हालै टोकियोमा सम्पन्न भएको छ । सो अधिवेशनबाट मनराज विश्वकर्मालाई अध्यक्ष र पन्चवीर चौधरीलाई महासचिव चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
राप्ती समाज जापानका संरक्षक विशेश्वर रेग्मीको प्रमुख आतिथ्यता एवम् निवर्तमान अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा भएको अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरु आयुष्मा पुन मगर, कमल सोनी, शिवराज भट्टराई, महासचिव पञ्चवीर चौधरी, सचिव हरिभक्त ओली, सहसचिव विश्वप्रताप बुढा मगर, कोषाध्यक्ष युवक शाही, सहकोषाध्यक्ष सुरेश पोख्रेल, प्रवक्ता सुगम बस्याल, आरएनजीमा कमल बाँठा मगर र सदस्यहरुमा किरण घर्तीमगर, गोपाल खड्का , सवित्री श्रेष्ठ, शंकर केसी, जानकी अधिकारी, रोशनी कठायत, प्रकाश श्रेष्ठ, शिवराज बिक, सुन्दर शाह, सुन्दर अधिकारी, नवीन खत्रीलाई चयन गरेको छ भने चार सदस्य पछि मनोनित हुने जनाइएको छ ।
यसैगरी अधिवेशनले ८ सदस्यीय सल्लाहकारहरुमा ताराप्रकाश बुढा मगर, रवि पुन, शरद पोख्रेल, राजन केसी, बिष्णु पौडेल, धनवीर सोनी, केशव भण्डारी, पदमप्रसाद भट्टराईलाई चयन गरेको छ भने निवर्तमान अध्यक्ष युवराज रेग्मीलाई संरक्षकको जिम्मा दिइएको छ ।
अधिवेशनमा सन २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गर्दै कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने केही परिमार्जनसहित विधानलाई सर्वसम्मत रुपमा पारित गरिएको छ ।
अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एकजुट भइ राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ । निवर्तमान महासचिव प्रकाश ओलीले कार्यक्रम संचालन गरका थिए ।
(नेपालन्युजपोस्टको लागि श्याम क्षेत्रीको संयोजनमा प्रकाोशित)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




