टोकियो । तपाई यदि जापानमा हुनुहुन्छ भने,तपाईले हरेक दिन कतै न कतै लाटोकोसेरोको आकृति अवश्य देख्नुभएको हुनसक्छ । पसल,स्कुल,पार्क तथा बाटो लगभग जापानमा लाटोकसेरो हरेक ठाउँमा भेटिन्छन् । कतै सिमेन्टेट मुर्ती,कतै पेन्टीङ,कतै प्लास्टीक खेलौना,कतै प्रिन्टेट आकृति त कतै जिउँदै । यदि तपाई जिज्ञासु हुनुहुन्छ भने त झन धेरै ख्याल गर्नुभएको हुन सक्छ । खास गरी नेपालमा लाटोकोसेरोलाई एउटा सामान्य राती मात्र आँखा देख्ने मांसहारी पंक्षी र हिन्दुधर्म ग्रन्थ अनुसार लक्ष्मीको बहानको रुपमा मात्र चिनेको र राती राती मात्र सुनीने कर्कस आवाज संग मात्र परिचित म जस्तो मान्छेलाई चाही यो साँच्चै चासोपुर्ण बन्छ । अझ त्यतिखेर अचम्म लाग्छ कि,जब स सना बालबालिकाहरु पढ्ने स्कुलको प्रवेशद्वार तथा चउरको कुना कुना लाटोकोसेरोको मुर्तिहरु भेटिन्छ । पार्कहरुको प्रवेशद्वार तथा मध्य भागमा समेत लाटोकोसेरोको मुर्ती प्रशस्तै भेटिन्छन् ।


वास्तमा जापानमा किन लाटोकोसेरो यति लोकप्रिय छ त ?
लक्ष्मीको बहान मान्ने हाम्रो मुलुकमा खासै महत्व नदिईने लाटोकोसेरोलाई यहाँ किन यति धेरै महत्व दिईएको होला त ? सायद तपाईलाई पनि कहिले काहीँ यस्तो महशुस भएको हुनसक्छ । नभएको भए पनि यो पढ्दै गर्दा भने अवश्य भयो होला । आउनुस् अब कारण तर्फ लागौँ ।
जापानी संस्कृतीमा लाटोकोसेरोलाई भाग्यको प्रतिक र संकटनाशकको रुपमा लिने गरिन्छ । र जापानी भाषामा लाटोकोसेरो नामलाई अर्थगतरुपमा बुभm्ने हो भने पनि ठ्याक्कै त्यहि अर्थ लाग्छ । स्मरण रहोस जापानी भाषाका धेरै शब्दहरुको अर्थ सम्बन्धित वस्तुको नाम,काम,गुण र आकारसंग मेल खान्छ ।


जापानी भाषामा लाटोकोसेरोलाई फुकुरोउ भनिन्छ  (フクロウ) (梟) भनिन्छ । यस्लाई उच्चारणकै आधारमा छुट्टा छुट्टै बुभm्ने प्रयास ग¥यौँ भने,(不)-फु = नहनु र ( 苦労)-कुरोउ  = भन्नाले कठिनाई तथा संकट भन्ने बुझिन्छ । यसरी हेर्दा, खान्जी प्रयोगका हिसावले अर्थ फरक लागे पनि उच्चारणको आधारमा हेर्दा संकट नहुनु वा कठिनाई बिनाको भन्ने देखिन्छ र जापानी समुदायमा यहि आधारमा यसको महत्व रहेको विश्वास गरिन्छ । समग्रमा जापानमा लाटोकोसेरो लाई भाग्य र संकट नाशकको रुपमा लिने गरिन्छ भन्नेमा धेरै जापानीहरु पनि सहमत छन् । र त्यहि विश्वासलाई अनुसरण गरिरहेका छन् । र यो मान्यता आधुनिक जापान यानेकि मेइजी शासनकाल(सन १८६९) बाट अझ बृहत हुँदै चाहना पुर्ति र शिक्षा तथा बुद्धिको प्रतिकका रुपमा स्थापित भएको देखिन्छ । जसका कारण स्कुलहरुमा लाटोकोसेरोको मुर्ति राखिन्छ । समृद्धिको प्रतिक मान्नेहरुले पसल,कार्यलय,होटल, टोल लगायतका ठाउँहरुमा पनि लाटोकोसेरोलाई राख्न थाले । यो आकर्षण बढ्दै जाँदा लाटोकोसेरो आज जापानमा ठूलो विजनेस भएको छ ।

लाटोकोसेरो,अंकित,खेलौना,किरिङ,कपडा,फाईल,नोटबुक,लाटोकोसेरोका मुर्ति लगायतका हरेक चिजहरु निकै महत्वका साथ खरिदबिक्रिी हुने वस्तुमध्ये एक हो । अझ रमाईलो कुरा जापानमा लाटोकोरेसेरो संगै बसेर कफि पिउने तथा नास्ता खाने सयौँ क्याफेहरु पनि खुलेका छन् । जो जापानीहरुका मात्र नभएर विदेशीहरुको लागि पनि जापानको एक आकर्षण बन्न सफल भएको छ ।


लाटोकोसोरोलाई जापानमा मात्र होईन संसारका अन्य विभिन्न मुलुकहरुमा पनि विशेषरुपमा लिने गरिन्छ । प्राचिन ग्रिस देखि एशिया तथा अमेरिका पनि यसलाई र चमत्कार,समृद्धि तीक्ष्ण तथा उच्च दृष्टिको प्रतिकका रुपमा मान्ने गरिन्छ । यसका साथै भारतीय संस्कृतीक पराम्परामा पनि लाटोकोसेरोको प्वाँख साथमा भए असुर शक्तीहरुबाट बच्न सकिने विश्वास रहेको पाईन्छ ।

(सन्दर्भ सामाग्री


:विभिन्न अनलाईन, अनुभवी जापानीहरुसंगको कुराकानी तथा पुस्तकहरु)

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार