
टोकियो/जापान । अन्तत: लामो समयको छलफल तथा परामर्श पछि यहि जुलाई २६ तारिखदेखि जापान सरकारले जारी गर्न लागेको भ्याक्सिन पासपोर्टको परिक्षण सुरु भएकोछ ।
जापान सरकारले कोरोना महामारीका विचमा अन्तर्राष्ट्रिय यात्रा सहजिकरण तथा अर्थतन्त्र चलाएमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहित महत्वकांक्षी योजनाकोरुपमा लिईएको भ्याक्सिन पासपोर्ट(कोभिडको २ ओटा खोप लगाईसकेकाहरुलाई, लगाएको आधिकारिकता प्रदान गर्ने प्रमाण पत्र ) यहि जुलाई २६ तारिखबाट जारी गरिने अब भने पक्का भएकोछ ।

जापानको राजधानी टोकियोका केहि स्थानिय निकायहरुले परिक्षणकारुपमा जारी पनि गर्न थालेका छन् ।
भ्याक्सिन पासपोर्ट के हो ?
यो कोभिड-१९ विरुद्धको २ ओटै खोपको मात्रा लगाईसकेकाहरुलाई, सरकारले दिने खोप लगाएको प्रमाणपत्र हो । यसमा ति व्यक्तिले २ वटै खोप लगाईसकेको आधिकारिकता उल्लेख गरिएको हुनेछ । अलि पछि डिजिटल पासपोर्ट जारी गर्ने तयारी गरिरहेको जापानले तत्काललाई भने, कागजीरुपमै जारी गर्नेछ ।
भ्याक्सिन पासपोर्टले के काम गर्दछ ?
भ्याक्सिन पासपोर्ट बाहकलाई, अन्तर्राष्ट्रिय यात्रा गर्दा, केहि सहज हुनेछ । जस्तै क्वारेनटाईन अवधि छोट्याउने तथा आवश्यकता र गन्तव्य मुलुकको अवस्था हेरि अन्य निगरानीहरुमा केहि खुकुलो गराउन सकिन्छ ।
यो व्यवस्थाले सबैलाई लाभ दिन्छ त ?
तत्काललाई भने, जापानले जारी गर्ने भ्याक्सिन पासपोर्टले जापानबाट अन्यत्र जानेहरुलाई सहजीकरण गर्नेछ । जस्तै जापानबाट अरुदेश पढ्न जाने विद्यार्थी तथा व्यवसायिक भ्रमणमा जान नपाई रोकिएका व्यवसायीहरु । यसका अलवा जापानमा रहेका सबै नागरिकहरु( जापानी तथा विदेशी) जसले खोप लगाईसकेका छन् उनिहरुले केहि मात्रामा लाभ लिन सक्नेछन् ।
के भ्याक्सिन पासपोर्ट भएको व्यक्ति जुनसुकै मुलुक निर्वाद आउ/जाउ गर्नसक्छ ?
सक्दैन । यो जापान सरकारले जारी गर्ने भ्याक्सिन पासपोर्टलाई मान्यता दिने सहमती भएका मुलुकहरुको यात्रामा मात्र उपयोग हुनेछ । तत्काललाई युरोपियन युनियनमा आवद्ध मुलुकहरुका साथै केहि अमेरिकी राज्यहरु र एशियाली मुलुकहरुले पनि प्रयोगमा ल्याउने अभ्यासको तयारी गरिरहेका छन् ।
यसबाट नेपालमा रोकिएकाहरु पनि जापान आउन पाउँछन् त ?
तत्काललाई त्यसबारे कुनै सुचना छैन ।तर पछि नेपाल सरकारले पनि यो प्रणाली लागुगर्ने निर्णय गर्यो र यसबारे जापान सरकारले सकारात्मक प्रतिकृया दिएको खण्डमा सहज हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




