{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1626452195582","source":"other","origin":"unknown"}

टोकियो/जापान । गस्तिमा जाँदा एक वृद्धको घरमा खनतलासी गरी ३० लाख येन लुट्ने टोकियो ओगिकुवो प्रहरी प्रभागका ३५ वर्षिय प्रहरी अधिकृतलाई अन्तत: जागिरबाट निस्काशन गरिएकोछ ।

गत जुन महिनामा तोसिमा र्योउता नाम गरेका गस्ति टोली प्रमुख ३५ वर्षिय ति प्रहरी अधिकारीले टोकियोको फुस्सा नगरपालीका भित्र वस्दै आएकी एक ७० वर्ष उमेर समुहकी महिलाको घरमा प्रवेश गरि ३० लाख येनभन्दा बढि रकम लुटेको अभियोगमा केहि समय अघि पक्राउ गरिएको थियो ।

प्रहरी अनुसन्धानमा उनको गल्ति प्रमाणित भएको हो । अनुसन्धानको क्रममा उनले अन्यत्र पनि उस्तै प्रकृतिका गतिविधिहरु गरेको प्रमाणित भएको र उलाई अन्य कारवाहीसंगै जागिरबाट निस्काशन गरिएको एनआरएनए अनलाईनमा खबर प्रकाशित भएकोछ ।

अनुसन्धानको क्रममा उनले आफु विभिन्न मनोरञ्जन तथा विलासिताका वस्तुहरु खरिदका कारण ऋणमा डुबेको र त्यसलाई तिर्नकालागि यस्तो गलत बाटो अप्नाएको स्विकारे जनाईएकोछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार