टोकियो/जापान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जापानको आयोजनामा जापानमा नेपाली पत्रकारिताको अबस्था सम्भावना र चुनैातीबारे बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जुम भर्चुअल माध्यममार्फत आज सम्पन्न कार्यक्रममा जापानमा रहेर बिभिन्न नेपाली अनलाइन तथा संचारमाध्यमहरुमा कृयाशिल करिव १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा सहभागिहरुले कोरोना महामारीको कारण जापानमा नेपाली पत्रकारिताको अवस्था अन्यक्षेत्रहरुको जस्तै खस्किदै गइरहेपनि जापानमा रहेका नेपाली पत्रकारिताको मोडेलमा पनि परिवर्तन हुदै गएको ,यहाँ रहेका नेपाली पत्रकारहरुको मुख्य पेशा पत्रकारिता नभएपनि नेपालमा गरेको कर्मको नशा छोडीहाल्न नसकी रहरको पत्राकरिता गर्नेहरु बढी रहेको र नेपाली पत्रकारहरुले हतार र रफ्तारमा समाचार तथा सुचनाहरु संप्रेषण गर्दा अनेकैा भाषागत त्रुटि तथा अशुद्धहरु देखिएको साथै सामाजिक संजाल र न्युज पोर्टलमा लेखिने सामग्री एउटै अनि एउटै खालको समाचार सबै अनलाइनहरुले राख्ने प्रबृति बढिरहेकोले समाचार तयार गर्दा सर्टिफाइ अनि रचनात्मक हुनुपर्ने ,आग्रह तथा पुर्वाग्रहमा नरही कलम चलाउनुपर्ने अनलाइन पोर्टलहरु ब्यक्तिपिच्छे संचालन भएतापनि पेशागत हकहितको नीम्ति सबैजना एकरुपता भइ हामीले गरेको पत्रकारिताले भोलीका नयाँ पुस्ता अथवा जापानबारे जानकारी लिन चाहने युवाहरुलाइ कतिको सघाउ पुर्याउने खालको छ भन्ने बारेमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा फोनिज केन्द्रका अध्यक्ष डण्ड गुरुङले बिगतमा जस्तो पत्रकारिता पेशा गर्नको लागि प्लेटफमको खाँचो नभएपनि ब्यबसायिक रुपमा यो पेशामा टिकिरहन प्रभावकारी र दक्ष सावित गर्न उतिकै चुनैाति रहेको बताउनुभयो । साथै उहाँले बिश्व ब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण अन्य पेशा ब्यबसायहरु झै पत्रकारिता क्षेत्रमा नराम्रो असर परेकोले सबै पत्रकारहरुलाइ स्वास्थ्यप्रति सचेत रही कर्म गर्न अनुरोध समेत गर्नभयो ।
महासंघका सचिव सजिना मोक्तानले संचालन गर्नुभएको अैापाचारिक कार्यक्रमको बिशेष अतिथिहरुमा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले नेफिन जापानका अध्यक्ष सन्जिव राइ रहनुभएको थियो
कार्यक्रम फोनिज जापानका अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाइ आयोजकको तर्फबाट सबिन बाबु मगरले सबै अतिथिहरुलाइ शब्दमार्फत स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




