
टोकियो/जापान । जापानको ओसाकाबाट ओलम्पिक खेलमा सहभागी नै नभई भागेका युगान्डाका ओलम्पिक खेलाडी ज्युरियसलाई अन्तत: बुधबार नारिता एयरपोर्ट हुँदै युगान्डा फर्काईएको छ ।
ओलम्पिकको पूर्वतयारीका लागि जापानको ओसाको एक होटलमा बसेका ज्युरियस गत १६ तारिखबाट भागेका थिए । उनले होटलबाट भाग्नुअघि -‘जिवन धान्नै निकै कठिन् हुने मुलुकमा नफर्की जापानमै काम गर्न चाहन्छु’ भन्ने नोट लेखेर होटल छाडेको बताईएको थियो । त्यस पश्चात निरन्तर खोजीमा रहेको प्रहरी तथा ओलम्पिक आयोजक समितिको सकृयतामा मंगलबार उनलाई मिए केनको योक्काची सहरमा फेला पारिएको थियो ।
ओलम्पिक खेल्न आएका उनको त्यस किसिमको हर्कत पछि, उनलाई फेरि उनकै युगान्डाली खेलाडीहरुको समूहमा पठाउने या तुरुन्तै युगान्डा नै फर्काई हाल्ने भन्ने विषय टुंगो लगाउन, टोकियोको सिवुया वार्डमा रहेको युगान्डाको राजदुतावासमा जिम्मा लगाईएको थियो ।
राजदुतावास तथा अन्य सरोकारवालाहरुसंगको छलफलपछि उनलाई तत्काल देश फर्काउने निर्णय गरिएको र सोहि अनुरुप बुधबार राती नै नारिता एयरपोर्टबाट विमानमा चढाईएको जापानी संचार माध्यमहरुले खबर छापेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




