{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627102240798","source":"other","origin":"gallery"}

टोकियो/जापान । कोभिड माहमारीका बिच सुरुभएको टोकियो ओलम्पिकमा कोभिडको प्रत्यक्ष असर देखिन थालेकोछ ।

शनिबार विभिन्न खेलका खेलाडीहरुमा कोरोना पोजिटिभ देखिएपछि केहि खेलहरु रद्द भएका छन् । आज ओलम्पिकको पहिलो बिच भलीवल प्रतियोगिता रद्द भएको ओलम्पिक आयोजक टिमले बताएको छ ।जानकारीका अनुसार चेकका एक खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि खेलनै रद्द हुनपनगेको हो ।

यसका अलवा जर्मनी( साईक्लिस्ट),डच,फ्रेन्च लगायतका मुलुकका विभिन्न खेलसंग सम्बन्धित खेलाडीहरुमा कोभिड संक्रमण पुष्टि भएको छ । यसले टोकियो ओलम्पिकका धेरै खेलहरु प्रभावित हुने आँकल गरिन थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार