टोकियो/जापान । जापान विश्वमै सबैभन्दा धेरै प्लास्टिकका सामानहरु प्रयोग गर्ने मुलुकहरुको सुचीमा अग्रपंक्तीमा पर्दछ । दैनिक जिवनमा प्लास्टिकजन्य पदार्थहरुको उपयोग कम गराउनका लागि पहिले- पहिले सामान किन्दा निःशुल्क दिईने प्लास्टिक ब्याग किन्नुपर्ने व्यवस्था गराईएको छ । यद्यपी यसले पनि आशातित प्रयोग घटेको भने छैन ।

जापानले, प्लास्टिक ब्यागहरु मात्रै नभई सम्पूर्ण प्लास्टिकजन्य वस्तुहरुको प्रयोग नै घटाउने प्रयासस्वरुप विभिन्न प्रयत्न गरिरहेको छ । त्यसो त जापान सरकारले मात्रै नभई विभिन्न व्यवसायीक प्रतिष्ठानहरुले पनि आ-आफ्नो स्थानबाट विभिन्न उपायहरु कार्यन्वयन गरिरहेका छन् । यसै क्रममा अहिले पछिल्लो समय जापानको धेरैले प्रयोग गर्ने मध्येको एक कन्विनिएन्स स्टोर लसोनले आफ्नै कफि बोतल लिएर जानेहरुलाई प्रतिकप ३९ येन डिस्काउन्ट दिने योजना सार्वजनिक गरेको छ । यसो गर्दा ग्राहकले प्रतिकप कफि ३९ येन सस्तो पाए भने पसलको प्लास्टिक या कागजको एउटा कपको प्रयोग घट्ने भयो । जसबाट पसलको संचालन खर्च घट्नुका साथै प्लास्टिक प्रयोग न्युनिकरण गर्ने सरकारी योजनालाइ पनि सहयोग पुग्ने भएकाले यस्तो योजना ल्याएको देखिन्छ ।

त्यसैले तपाई कफिको सौखिन हुनुहुन्छ भने, एउटा पोर्टेवल( बोकेर हिड्न मिल्ने)कफि कप बोक्ने गर्नुहोस्, कफि सस्तो पनि पाईने प्लास्टिक प्रयोग घटाउन योगदान पनि हुने ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार