{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627860239490","source":"other"}

टोकियो/जापान । आज( अगस्ट २ ) देखि फेरि जापानका साईतामा, चिबा, खानागावा र ओसाकामा पनि आपातकाल बिस्तार भएको छ । यस अघि टोकियो र ओकिनवा केनमा मात्रै सिमित रहेको आपतकाल अब ६ वटा केनमा बिस्तार भएको छ । यस पटकको आपतकाल अगस्ट अन्त्यसम्मका लागि घोषणा गरिएको छ ।

यसका अलवा, होक्काईदो, ईसिखावा,ह्योगो, क्योतो र फुकुओका केनमा अर्धआपतकाल ( मानएनबोसीज्युतेनसोचि)कार्यन्वयन गरिएको छ । यसको अवधि पनि तत्काललाई यहि महिनाको अन्त्यसम्म कायम रहनेछ । यसका साथै पहिले देखिनै कायम टोकियो र ओकिनवाको आपतकालिन् अवस्थाको समय पनि थप गरि यहि महिनाको अन्त्यसम्म पुर्याउने निर्णय गरिएको छ ।

पछिल्लो समय कोभिड संक्रमण जापानमा अत्यन्तै तिब्र बनिरहेको छ । यहाँ दैनिक १० हजारभन्दा बढि संक्रमितहरु पुष्टि हुने गरेका छन् । जापानमा अहिले कोभिड सुरुवात भएदेखि यताकै अत्यन्तै जोखिमरूर्ण अवस्था सिर्जना भएको छ । टोकियो लगायतका सहरहरुमा अस्पत्तालको बेड अभावका कारण अधिकांस बिरामीहरु घरमै बस्न बाध्य छन् । स्वास्थ्य क्षेत्र अत्यन्तै दवावपूर्ण समयको सामना गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार