{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1628151246238","source":"other","origin":"gallery","sources":["276135311001201"]}

टोकियो/जापान । टोकियो ओलम्पिक २०२० उच्च गर्मि तथा कोरोना संक्रमण महामारीका बिचपनि धमाधम संचालन भईरहेको छ । विश्वभरका खेलाडीहरु हरेक दिन देशको झण्डा सहित पदक जित्ने आशा सहित प्रतिष्पर्धा गरिरहेका छन् । यो क्रममा विभिन्न मुलुकका खेलाडीहरुले विभिन्न रेकर्डहरु कायम गरिसकेका छन् भने अझै कतिपयको प्रयास जारी छ ।

यसै बिच एक जना जापानी नागरिक भने, खेलका कारण नभई उनले बोक्ने होर्डिङ बोर्ड र त्यलमा लेखिएको सन्देशका कारण यतिखेर विश्वभरको संचार माध्यमहरुमा छाईरहेका छन् । अहिले चर्चामा रहेका जापानी नागरिक र उनको सन्देश सहितको फोटो तल हेर्नुहोस् ।

यि जापानी नागरिक हरेक दिन बिहान, ७:१५ बजे ,हाल विश्वभरका खेलाडीहरुको जमघट रहेको ओलम्पिक भिलेज अगाडी यसरी यि सन्देश सहितको बोर्ड लिएर बस्छन् र खेलाडीहरुमा आत्मबल थपिदिन्छन् । जसलाई देखेर खेलाडी मात्रै होईन अरु सबैमा सकारात्मक उर्जा प्राप्त हुने गरेको छ ।

२ सय मुलुकका ११ हजार भन्दा बढि खेलाडीहरुको सहभागिता हुने ओलम्पिकमा प्रत्येक विधाको खेलमा ३ वटा भन्दाबढी पदकहरु छैनन् , उत्साह बोकेर आउने मध्ये( हरेक विधामा) जम्मा ३ जनाले मात्रै पदक पाउँछन् तर अरु भने खाली हात फर्किनुपर्नेछ । जसले उत्साहका साथ आएका अधिकांस खेलाडीहरुमा निराशाले छाउँदछ । त्यहि यथार्थ वास्तविकलाई मध्येनजर गर्दै ति व्यक्तिले यसरी होर्डिङ बोर्डमा ‘Good morning athletes! Even if you don’t get a medal, you’re still the best!! So believe in yourself!’
शुभप्रभात खेलाडीहरु, यदि तपाईहरुले खेलमा कुनै पदक जित्नुभएन भने पनि, तपाईहरु सर्वश्रेष्ठ हुनुहुन्छ,त्यसैले आफैँलाई विश्वास गर्नुहोस् ‘यस्को सकारात्मक सन्देश लेखेर आत्मबल बढाउने गरेका छन् ।


उनि ओलम्पिक खेलाडी पनि होईनन् र उनलाई कसैले तलव भत्ता दिएर गरेका पनि होईनन् स्वतस्फुर्तरुपमा उनि आफ्नै स्वविवेकले गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार