{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1628410845174","source":"other","origin":"gallery"}

टोकियो/जापान । गैरआवासीय संघ जापानको नयाँ कार्यसमिति ( सन २०२१ -२३) ले आज सपथ तथा पदभार ग्रहण गरेका छन् ।

आज, जापानमाको राजधानी टोकियोको हामामाच्चो स्थित मन्दिर रेस्टोरेन्टमा निर्वाचन समितिका संयोजक नेत्र प्रकाश भण्डारीले उनिहरुलाई सपथ ग्रहण गराएका हुन् । निर्वाचन गत जुलाई ३० तारिख सम्पन्नभई सोहि दिन मतपरिणाम घोषणा भएको भएता पनि पराजित उम्मेदवारहरुले चुनावमा धाँधली भएको आरोप सहित विरोध जनाएपछि सपथ ग्रहण कार्यक्रम केहि ढिला हुन पुगेको हो ।

३० तारिख सम्पन्न निर्वाचनले अध्यक्षमा शिव प्रसाद पौडेल , वरिष्ठ उपाध्यक्षमा नबिन निउरे , उपाध्यक्षहरुमा महेश कुमार कटुवाल,राम थापा अनिल,राजकुमार अधिकारी र राम कृष्ण श्रेष्ठ ,महिला उपाध्यक्षमा संगिता अधिकारी सुवेदी, महासचिवमा सिदार्थ श्रेष्ठ,कोषाध्यक्षमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश रुम्बा, सदस्यहरुमा चन्द्र कुमारी केसी,प्रकाश लामिछाने,राजु भण्डारी सुनिल,लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै, भिमसेन राय(भीम रायमाझी) र दिलिप कँडेल चयन भएका छन् । यसका अलवा सचिवमा श्याम शितल, देवराज उप्रेति, महिला सचिब एलिजा भण्डारी,सह कोषाध्यक्ष दीपक सुनार, महिला संयोजक अन्जु भण्डारी भने  निर्विरोध निर्वाचित भईसकेका थिए ।

आईसिसि सदस्यहरुमा श्रवण कुमार सत्याल,रोबिन प्रसाद शेरचन, सुपेन्द्र घिसिङ, नर बहादुर थापा, लक्ष्मण बानियाँ र दीपक कार्की चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार