{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1628952282166","origin":"gallery","fte_sources":[],"used_sources":"{"sources":[{"type":"premium","id":"286918218015900"}],"version":1}","premium_sources":["286918218015900"],"is_remix":false}

टोकियो/जापान ।जापान फेरि अर्का एक नेपालीको असामयिक निधन भएको छ । जापानको सेन्दाईमा विद्यार्थी भिसामा आएका नेपाली युवा कुवेर धामीको आईतबार निधन भएको हो ।

स्रोतका अनुसार, शनिबार कामबाट फर्किएर सुतेका धामी आईतबार मृत अवस्थामा भेटिएका हुन् ।
शनिबार कामबाट फर्किएर सुतेका धामी आईतबार दिउँसो काममा जाने समयमा पनि नउठे पछि उनका साथिहरुले प्रहरीलाई खबर गरेको बुझिएको छ । नेपालको महेन्द्रनगर घर भएका धामी २ वर्षअघि विद्यार्थीका रुपमा जापानको सेन्दाईमा आएका थिए ।हाल जापानी भाषा स्कुलको अध्ययन पुरा गरि सेन्मोन गाक्कोउ( भोकेशनल कलेज) पढ्दै गरेका धामी सबै सपना र चाहनाहरुलाई सिरानी हाली चीर निद्रामा लीन् भएका छन् ।

मृतक धामीको शव हाल पोष्टमार्टमका लागि प्रहरीकोमा रहेको छ । अब मृतकको परिवारसंगको सल्लाहपछि शव व्यवस्थापन लगायतका प्रकृया अघि बढाईने छ । पोस्टमार्टम रिपोर्ट नआईसकेकाले मृत्युको कारण यकिन भने भईसकेको छैन ।

केहि दिन अघि जापानकै ओसाकामा अर्की एक महिलाको पनि अस्वस्थ भई निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार