नागानो/जापान । आज बिहान नागानो प्रान्तको ओखाया नगरमा अवस्थित एक घर पहिरोमा पर्दा, घाईते भएका ५ जना मध्ये ३ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हु्नेमा आमा र उनका २ बालकहरु हुन् ।

स्थानीय उद्दारकर्ताहरुले जनाए अनुसार,पहिरोमा पुरिएका ५ जनाकै उद्दार भएता पनि ३ जनाको उपाचारको क्रममा निधन भएको हो । पहिरोले घरै पुरिदिँदा त्यस घरमा बस्ने ८ जना पहिरोमा पुरिएका थिए । तत्काल सबै जनाको उद्दार भएता पनि, ३ जनालाई भने बचाउँन नसकिएको हो । यस बाहेक उक्त घटनामा परेका एक ४० वर्षिय पुरुष र १० वर्ष उमेर समूहका बालकलाइ भने हल्का चोट मात्रै लागेको बताईएको छ ।

नागानो प्रान्तको ओखायामा यस अघि सन २००६ मा पनि यस्तै पहिरोमा परि ८ जना मानिसहरुले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार