{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629157936078","origin":"unknown","fte_sources":[],"used_sources":"{"version":1,"sources":[{"type":"premium","id":"286918218015900"}]}","premium_sources":["286918218015900"],"is_remix":false}

टोकियो/जापान । ‘गभर्नरसंग भेट गराओ’भन्दै, टोकियो महानगर कार्यलयमा धारिलो हतियार तथा ग्यास जस्तो तरल पदार्थ सहित पुगेका ४० वर्षिय मानिस पक्राउ परेका छन् ।

यहि अगस्ट १६ तारिख १६ तारिख दिउँसो टोकियो महानगरको भवनमा गई,धम्किपूर्ण रवाफमा गभर्नरलाई भेटा गराउन माग गरेका उनिलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । पक्राउ पछि खोज तलासी गर्दा चक्कु जस्तै लाग्ने धारिलो हतियार तथा ग्यास जस्तै देखिने केहि तरल पदार्थ समेत बोकेको भेट्टिएको हो ।

सम्बन्धित मानिसहरुका अनुसार, हिजो(१६ अगस्ट)दिउँसो १ बजेपछि टोकियोको सिन्जुकु वार्डमा अवस्थित महानगर कार्यलयको दोस्रो तल्लामा पुगेका ४० वर्ष उमेर समूहका जस्ता लाग्ने व्यक्तिले गभर्नरलाई भेट गराओ भन्दै पुगेका थिए। तुरुन्त प्रहरीलाई बताईएपछि, ति मानिस अन्डर ग्राउन्डमा रहेको पार्किंग तर्फ लागे । प्रहरीले उनलाई त्यहि पार्किङमै पक्राउ गर्न सफल भयो ।उनलाई बन्दुक तथा धारिलो हतियार ऐनको उल्लंघन गरेको अभियोगमा थप अनुसन्धानको लागि थुनामा राखिएको छ ।

अनुसन्धानको क्रममा अभियुक्तले आफु महानगर प्रसाशानसंग असन्तुष्ट रहेको बताएको समाचारहरुमा जनाईएको छ । घटनाको विस्तृत छानबीन भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार