{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629284327148","origin":"unknown","fte_sources":["352868610003201"],"used_sources":"{"version":1,"sources":[{"id":"352868610003201","type":"ugc"},{"type":"premium","id":"286918218015900"}]}","premium_sources":["286918218015900"],"is_remix":true}

टोकियो/जापान । आज ( अगस्ट १८ तारिख) जापानमा एकैदिन २९ जनाको मृत्यु तथा २३ हजार ९ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन पुष्टि भएको यो संक्रमित संख्या हालसम्मकै उच्च हो ।

आज प्रमाणित भएको संक्रमितहरुको संख्यासंगै जापानमा कुल १२ लाख ७ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये ९ लाख ९७ हजार ९ सय ५४ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १५ हजार ५ सय २८ जना संक्रमितहरुको मृत्यु भएको छ । जापानमा कोरोना संक्रमण नियन्त्रण प्रयास स्वरुपम मुख्य/मुख्य सहरहरुमा आपतकाल तथा अर्धआपतकाल कायम छ, यद्यपी संक्रमण घट्नुको सट्टा हरेक दिन उच्च रेकर्ड सहितको संक्रमण देखिँदै आएको छ ।

आज जापानको ४७ वटै प्रान्तम् साबिकका तुलनामा अधिक संक्रमण पुष्टि भएको छ भने, ४७ मध्ये टोकियो, खानागावा,ओसाका,चिबा, आईची,ह्योगो, फुकुओका, ओकिनवा सहितका ३१ प्रान्तहरुमा हालसम्मकै उच्च संक्रमण पुष्टि भएको छ ।

जापान कोभिड महामारी सुरुवात भएदेखिकै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । दैनिक २० हजार जनाभन्दा बढी संक्रमित, हज्जारौँ विरामीहरुलाई अस्पत्ताल अभावमा घरमै पालो कुराउन बाध्य, लगभग मूख्य सहरहरु ठप्प, गम्भिर प्रकृतिका बिरामीहरु १६ जना भन्दा अधिक रहनु,कोभिड खोप कुल जनसंख्याको जम्मा जम्मी ३२ प्रतिशत ( दुबै डोज) मा मात्रै पुग्नु जस्ता नकारात्मक सुचकहरुले जापान अत्यन्तै जोखिममा पुगेको देखाएको छ ।

नेपाली समुदायमा पनि संक्रमण भयवह:
यस पटकको महामारीमा सयौँ नेपालीहरु संक्रमित भईरहेका छन् । कतिपय स्थानहरुमी क समुहगत संक्रमणमा समेत देखिएको छ । कम्तिमा २ दर्जनभन्दा बढी नेपालीहरु अहिले विभिन्न अस्पत्तालहरुमा उपचाररत रहेका छन् भने, कति पय अस्पत्ताल अभावमा घरमै वस्न वाध्य छन् । त्यति मात्रै होईन, गत कोभिडकै कारण एक नेपालीले ज्यान पनि गुमाएका छन् । त्यसैले यो गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै, संक्रमित नहुने उपायहरु पूर्णरुपमा पालना गर्न तथा गराउन आवश्यक छ । यस तर्फ सबैले आ-आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गरौँ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार