{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629591712426","origin":"unknown","fte_sources":[],"used_sources":"{"sources":[],"version":1}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । जापान सरकारले नेपाललाई उपलब्ध गराउने प्रतिवद्धता गरिएको १६ लाख १४ हजार ७ सय ४० डोज एस्ट्राजेनेका खोप मध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल पुगेको छ ।

जापानले अनुदान प्रतिवद्धता गरेको खोप मध्ये ९ लाख डोज खोप यस अघि नै नेपाल पुगिसकेको छ । बाँकी खोपहरु पनि आज ( आईतबार) र सोमबार भित्रमा नेपाल पुर्याईने नेपाल स्थित जापानी दूतावासले जानकारी गराएको छ । जापान सरकारले प्रदान गरेको खोप नेपालका विभिन्न स्थानहरुका मानिसहरुमा लगाउन सुरु भईसकेको छ ।

नेपालमा नयाँ सरकार बने पश्चात ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोभिड विरुद्धको खोप लगाएको प्रधानमन्त्री कार्यलयले जनाएको छ । यस अघि ३६ लाख मानिसहरुले मात्रै खोप लगाउन पाएका थिए । नेपालमा हालसम्म खोप लगाउनेहरुको कुल संख्या ८५ लाख २० हजार ४ सय २१ जना पुगेको छ । यस मध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले खोपको दुवै डोज लगाईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार