{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629883562791","origin":"gallery","fte_sources":[],"used_sources":"{"sources":[],"version":1}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । जापानमा  जारी पाराओलम्पिक २०२० को पहिलो स्वर्ण पदक अस्ट्रेलियन पाराओलम्पियन पेईज ग्रेकोले हात पारेकि छिन् । उनले साईक्लिङमा आज ( अगस्ट २५ तारिख) पाराओलम्पिक २०२० को पहिलो स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

ग्रेको,जन्मजादै सेरेब्रल पाल्सि नामक रोगसंग संघर्षरत खेलाडी हुन् । जसले उनको शरिरको दाहिने भाग सन्तुलन राख्न कठिन हुने गर्दछ । यो उनको पहिलो ओलम्पिक पदकको जितको क्षण हो । उनले पदक ग्रहण गरेपछि भनिन् – ‘ मलाई आश्चर्य महसुस भईरेको छ । म अझै विश्वास गर्न सक्दिन,’म मेडललाई हेरिरहेको छु’

कोभिड माहामारीका कारण १ वर्ष ढिलो गरी संचालन भएको पाराओलम्पिक अहिले पनि कोभिड संक्रमण कै त्रासबिच संचालन भईरहेको छ । टोकियो संगै सिंगो जापाननै यतिखेर कोभिड संक्रमणको ईतिहासमै कठिन परिस्थितिबाट गुज्रिरहेको छ । यसका बाबुजुद आगामी सेप्टेम्बर ५ सम्म यो खेल चलिरहने छ । हार्नेहरु अनुभव लिएर जानेछन् त जित्नेहरु पदक सहितको इतिहास लेखेर जानेछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार