
टोकियो/जापान । यहि अगस्ट महिनामा सम्पन्न टोकियो ओलम्पिक अवधिभर १ लाख ३० हजार ओटा लंचबक्स (बेन्तो ) खेर गएको पुष्टि भएको छ ।
ओलम्पिक अवधिमा खानाहरु खेर फालेको विषमा सर्वत्र आलोचना भएपछि, यसलाई केहि व्यवस्थापन गर्ने प्रयास गरिएको भएता पनि सो अवधिमा १ लाख ३० हजार लंचबक्सहरु नखाईकन खेर गएको ओलम्पकि आयोजक समूहले शुक्रबार जानकारी गराएको हो । ओलम्पिक चलिरहँदा जुलाई २३ तारिख एकैदिन ओलम्पिक खेलाडी तथा स्वयमसेवकहरुका लागि भनेर अर्डर गरिएको ४ हजार लंचबक्क नखाईकन फ्याकिएको विषय विश्वभर चर्चा आलोचनामा उत्रिएको थियो । खाना खेर नफाल्न प्रयास गरिने प्रतिवद्धता गरिएको भएता पनि त्यस्तै प्रकारका अधिक खाना मगाउने र नखाईकन फ्याक्ने क्रम निरन्तर चलेको देखिएको छ । जसका कारण जम्मा जम्मी एक महिनाको अवधिमा १ लाख ३० पटकको लागि पुग्ने लंचबक्स त्यसै खेर गएको पुष्टि भएको छ ।

त्यसो त, जापान विश्वकै धेरै खाना फ्याक्ने मुलुकहरुको सुचिमा पर्दछ । कारण यहाँको मानिसहरुको फुट कल्चर ( खाने तरिका) नभई यहाँको व्यवसयिक प्रणाली हो । यहाँ तर ओलम्पिकको समयमा खेर गएको यो खानाहरुमा भने, अर्डर गर्ने निकायले सहि व्यवस्थापन नगरेको देखिन्छ । यसलाई कतिपयले यस अघि सम्झौता गरेअनुसार खाना जसरी नी पठाउने चाहना राख्ने उत्पादक र आयोजकहरुको मिलेमतो हुनसक्ने आँकलन पनि गरेका छन् ।

यसरी खाना खेर फाल्ने क्रमको निरन्तरता पाराओलम्पकिमा पनि देखिन थालेको जनाईएको छ । पाराओलम्पिको उदघाटन सत्रमा मगाईएको ६ हजार लंचबक्स मध्ये १ सय ओटा त्यसै खेर फालिएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




