टोकियो/जापान । नेपाली संगीत क्षेत्रमा २ दशक भन्दा बढी निरन्तर रूपमा क्रियाशील लोकप्रिय लोक दोहोरी गायक एवं संगीतकार रामकृष्ण बम मल्लद्वारा संगीतबद्ध ‘आकाशै खसेर’बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार नारायण कडेलको शब्द सृजनामा गायक सुमन के सीको स्वर रहेको उक्त गीतमा अनिल निर्दोष र यशोधा अधिकारीको अभिनय रहेको छ । भिडियोलाई मिन थापाले निर्देशन गरेका छन भने गोबिन्द बिष्ट र अर्जुन लामिछानेको छायांकन रहेको छ ।उक्त म्यूजिक भिडियोलाई टेक अबिरलले सम्पादन गरेका छन भने नेपाली अनलाईन टि भि युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको छ ।

जापानको बिभिन्न ठाउमा छायांकन गरिएको उक्त गीतका सर्जक संगीतकार रामकृष्ण बम मल्ल बिगत १ दशक भन्दा लामो समय जापानमा रहदै आएका छन भने मल्ललाई जापानमा रहेका बिभिन्न सामाजिक राजनीतिक सांस्कृतिक क्षेत्रमा स्कृय भुमिका मा देख्न सकिन्छ भने उनि जापानको चिवाकेन को माचुदो सहरको अन्तर्राष्ट्रीय सांस्कृतिक दुतको रूपमा पनि क्रियाशील छन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार