{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1630310571123","origin":"unknown","fte_sources":["308562124329201"],"used_sources":"{"version":1,"sources":[{"type":"ugc","id":"308562124329201"}]}","premium_sources":[],"is_remix":true}

टोकियो/जापान । जापानमा कोभिड संक्रमण अत्याधिक बढ्दा नेपाली समूदायमा पनि गम्भीर असर देखिन थालेपछि धादिङ् समाज जापानले ‘कोरोना संक्रमण सहयोग तथा समन्वय समिति’ गठन गरेको छ।

संस्थाका महासचिव बिमल श्रेष्ठका अनुसार, कोरोना संक्रमण भएकाहरुलाई आवश्यक ( कोरोना कारण अस्पताल जान भाषा को समस्या , काम नभएर खाध्य सामाग्रि को समस्याहरु छन भने उपलब्ध गराउने लगायतका) सहयोग तथा संक्रमण हुनबाट जोगिन सचेत गराउने उदेश्यले संस्थाका अध्यक्ष दिनेश लोहनीको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको हो । संस्थाले जापानका विभिन्न प्रान्तमा रहेका धादिङेहरुसंग समन्वय गर्दै, समन्वय समिति मार्फत कोभिड महामारीमा संस्थागत भूमिका निर्वाह गर्ने प्रयास गरेको हो । समन्वय समितिका सदस्य तथा उनिहरुको सम्पर्क नम्बरहरुका लागि संस्थाद्वारा जारी यो जानकारी हेर्नुहोला ।

धादिङ समाज जापानले यस अघि पनि कोभिड संक्रमण महामारीको समयमा नेपाली समुदायलाई सहजीकरण गर्ने उदेश्यले यस्तै सहयोग तथा समन्वय समिति गठन गरि काम गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार