
टोकियो/जापान।कोभिड संक्रमण महामारीमा फसेको जापानमा हाल कायम आपतकाल सेप्टेम्बर १२ पछि पनि तत्काल हटाउन सम्भव नहुने स्वास्थ्य मन्त्री तामुरा नोरिहिसाले एक टेलिभिजन कार्यक्रममा बताएका छन् ।
हाल जापानको ४७ मध्ये २१ मुख्य ठूला प्रान्तहरुमा आपकाल कायम छ । यस अघि आपतकाल सेप्टेम्बर १२ तारिखसम्म भनिएको भएता पनि मुलुकभर दिनहुँ बढिरहेको कोभिड संक्रमण ,बढ्दो गम्भीर बिरामीहरुको संख्या,अपर्याप्त अस्पताल सेवा लगायतका परिस्थितिहरुका कारण सेप्टेम्बर १२ तारिख नै आपतकाल हट्ने सम्भावना न्युन रहेको तामुराले बताएका हुन् । हालसालै एनएचके टेलिभिजनको एक अन्तर्वातामा तामुराले भने-‘वर्तमान परिस्थितिमा, आपतकाल हटाउनु निकै कठिन छ ‘
जापानको सबै प्रान्तहरुमा हाल अत्याधिक संक्रमण देखिईंदै आएको छ । बढ्दो कोभिड संक्रमण महामारीकै बिच ओलम्पिक सम्पन्न गरेको जापानमा हाल पाराओल्पिक चलिरहेको छ । यस्ता महत्वाकांक्षी ईभेन्टहरुले अझ जोखिम थपिरहेको छ। ।यति मात्रै होईन राजनीतिकरुपमा सत्तारुढ दल लिब्रल डेमोक्रेटिकको नेतृत्व चयन निर्वाचन, प्रतिनिधि सभारो तल्लो सदनको प्रतिनिधी सभा निर्वाचन लगायतका महत्वपूर्ण भेटघाट तथा भिडभाड पूर्ण कार्यक्रमहरु पनि एक हदसम्म तय भएका छन् । जसले कोभिड संक्रमण अझै बढाउने डर आम जनमानसमा कायम छ । यि लगायतका सबै परिस्थिति विश्लेषण गर्दा जापानमा कायम आपतकाल सेप्टेम्बर १२ पछि पनि लम्बिने सम्भावना प्रबल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




