
दीपक गौतम/ टोकियो ।संसदको बिशेष अधिबेशन बोलाउनु पर्ने बिपक्षीहरुको मागलाई सत्तापक्षले बेवास्ता गरेपछि जापानमा सत्तापक्ष र विपक्षी दलबीचको विवाद चुलिएको छ ।
बिपक्षी दलहरु संवैधानिक लोकतान्त्रिक पार्टी, कम्युनिस्ट पार्टी, लोकतान्त्रिक पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी गरि ४ बिपक्षी दलले लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको सुगा सरकारलाई संसदको बिशेष अधिबेशन बोलाउन आग्रह गरेका थिए ।
कोरोना सक्रमण बढ्दो क्रममा रहेकाले सक्रमण नियन्त्रणका लागि अहिले अबलम्बन गरिएका उपायहरु र पुरक बजेट सहितका बिषयमा छलफल गर्न संसदको बिशेष अधिबेसन बोलाउन पर्ने बिपक्षी दलहरुको माग रहेको छ ।
तर, सत्तापक्षले भने पुरक बजेट आबश्यक नभएको भन्दै संसदको बिशेष अधिबेशन बोलाउन अस्विकार गरेको हो । संसदको बिशेष अधिबेशन बोलाउन आफुहरुले गरेको आग्रहलाई अस्विकार गर्नुलाई बिपक्षी दलहरुले ‘संविधानको उल्लङ्घन’ भनेका छन् ।
सरकारले जटिल परिस्थिमा पनि संसदका अधिकारलाइ नियन्त्रण गर्न खोजेको भन्दै असन्तुष्ट बनेका बिपक्षी दलहरुले संक्रमण नियन्त्रणका लागि संसदीय समितिका अध्यक्ष मोरियामा समक्ष संसदको अधिबेशन बोलाउन माग गर्दै निबेदन पेश गरेका छन् ।
बिपक्षी दलहरुले संसदको बिशेष अधिबेशन बोलाउन माग गरेपछि संक्रमण नियन्त्रणका लागि संसदीय समितिका अध्यक्ष मोरियामाले सत्तारुढ दल र सरकारसंग छलफल गर्ने बताएका छन् ।
संविधानको धारा ५३ मा कुनै एक(तल्लो र उपल्लो सदन ) सदनमा तत्काल कायम रहेका सदस्य संख्या मध्ये एक चौथाई सदस्यले संसदको बिशेष अधिबेशन बोलाउन माग गरेमा मन्त्रिपरिषदले अनिवार्य बोलाउनु पर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




