
दीपक गौतम/ टोकियो ।जापानको चिवा क्षेत्रीय अदालतले हत्या आरोपमा १८ वर्षको जेल सजाय सुनाएका एक नेपालीले आफु निर्दोष रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।
एक चाइनिज नागरिकको हत्या गरेको अभियोगमा अदालतले १८ वर्षको जेल सजाय सुनाएका मकवानपुरका निरज गिरीले आफु हत्यामा संलग्न नभएको बताउदै आबश्यक सहयोग गरिदिन दुतावास लगायत एनआरएनए जापान समक्ष अनुरोध गरेका हुन् ।
‘मैले मेरो कोठामा सब देखे पछि डरले लुकाएको मात्रै हुँ, हत्या गरेको होइन’ उनले एक अपिल जारी गर्दै भनेका छन् ‘मलाइ अनाहकमा १८ बर्षको जेल सजाय सुनाइएको छ ।’ उनले टोकियो उच्च अदालतमा पुनराबेदन दिएको र यसै महिनाको २८ तारिख फैसला रहेको समेत बताएका छन् ।
आफुले जापानको टोकियो स्थित नेपाली दुतावास र नेपाल स्थित परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराएता पनि कुनै प्रतिकृया नआएको उनले बताएका छन् । ‘मैले दुतावासलाई सहयोगको याचना गर्दै पटक पटक इमेल पठाएको थिए’ गिरीले अपिलमा भनेका छन् ‘दुतावासले घटना बारे बुझ्ने कोसिस समेत गरेन ।’
टोकियो स्थित नेपाली दुतावासले भने अदालतमा मुद्दा चलिरहेको बिषयमा आधिकारिक जानकारी नआएको तर जानकारी आए सक्दो सहयोग गर्ने दुतावासले प्रतिबद्दता जनाएको छ । ‘अदालतमा विचाराधीन अबस्थामा रहेको मुद्दाका बिषयमा दुतावास बोल्न मिल्दैन’ दुतावासका उपनियोग प्रमुख अम्बिका जोशीले भने ‘तर आबश्यक कानूनी सहायताका लागि पहल गर्न सकिन्छ ।’ घटनाका बारेमा सम्बन्धित निकाय संग जानकारी लिने जोशीको भनाइ छ ।
जापानको चिबा स्थित समुन्द्री किनारमा रोकिराखेको पानी जहाजमा बेबारिसे सब भेटिएपछि अनुसन्धानका लागि प्रहरीले गिरीलाई २०१९ सालमा पक्राउ गरेको थियो । अनुसन्धान पश्चात हत्यामा गिरीको संलग्नता दावी गर्दै प्रहरीले चिबा क्षेत्रीय अदालतमा मुद्दा दायर गरेपछि अघिल्लो बर्षको डिसेम्बर महिनामा अदालतले १८ बर्षको जेल सजाय सुनाएको थियो । अदालतको फैशला बिरुद्द टोकियो उच्च अदालतमा पुनराबेदनका लागि गएका गिरीको यसै महिनाको २८ तारिख फसैला हुदैछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




