{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1631167491900","origin":"gallery","fte_sources":[],"used_sources":"{"sources":[],"version":1}","premium_sources":[],"is_remix":false}

फुकुओका/जापान । फुकुओका बाणिज्य दुताबास र एनआरएनए जापान क्युसु क्षेत्रको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा ” LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION ” कार्यक्रम आयोजना गरिने भएको छ ।

एनआरएनए जापान क्युसुले जनाए अनुसार, कार्यक्रम आउँदो अक्टोबर १४ तारिख (बिहिबार) साझ ५ :३० बजे आयोजना गरिनेछ । कार्यक्रम Fukuoka Asian Art Museum 8F  Ajibi Hall मा हुनेछ।
कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोका बिद्यार्थी भिषा इन्चार्ज, वोर्किंग भिषा इन्चार्जहरुले भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ। त्यस्तै, भिषा सम्बन्धि आफ्नो समस्या बारे इमिग्रेसन संग प्रत्यक्ष प्रश्न गर्न समेत सकिने व्यवस्था रहेको छ।

सेमिनार पश्चात भिषा सम्बन्धि बिशेष समस्या परेका १२ जनालाई छुट्टै व्यक्तिगत परामर्शको समेत व्यवस्था गरिएको छ । यदि व्यक्तिगत परामर्श लिन चाहने हो भने यो गुगुल फर्म भरि, कमेन्ट सेक्सनमा आफ्नो समस्या लेख्नुपर्ने छ ।यस कार्यक्रममा जम्मा १ सस जना मात्र सहभागि हुन सक्ने हुदा समयमै सहभागीको लागि आबेदन पठाउनुपर्ने छ । १ सय जना पछि आबेदन पुगेपनि कार्यक्रममा सहभागी गराईने छैन ।

थप जानकारीको लागि फुकुओका बाणिज्य दुताबास तथा एनआरएनए क्युस्युमा सम्पर्क गर्नसकिनेछ ।
सम्पर्क: ०९०-८४०७ -१४०३


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार