{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1631236175793","origin":"unknown","fte_sources":[],"used_sources":"{"sources":[],"version":1}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । तपाईलाई मन पर्ने जापानी परिकार भन्ने वित्तिकै सायद रामेन ( ラメン) को सम्झना गर्नुहुन्छ होला । त्यसो त केहि अपवादमा रामेन मन नपाउराउनेहरु पनि छन्, त्यो स्वभाविक पनि हो । जापानमा अत्यन्तै लोकप्रिय रामेन वास्तवमा जापानी परिकार चाहीँ होईन । यो सबै चिनियाँ परिकार हुन् । जापानमा त केबल आयातित् हुन् ।

रामेन जापानको मौलिक परिकार नभएपनि अत्यन्तै धेरै रुचाईने परिकार हो भन्नेमा भने कसैको २ मत रहँदैन । आउनुस यस सामाग्रीमा जापानको टोकियोमा पाईने केहि विशेष आधुनिक लोकप्रिय रामेन(ラメン)हरुको जानकारी लिनुहोस् ।

१.गिन्जा हाचिगो:टोकियोमा पाईने यो रामेन, खासगरी विदेशीहरु माझ लोकप्रिय छ । किनकि यसका सेफ माचुमुरा यासुसी(जसलाई फ्रेन्च परिकारको अनुभव थियो)ले यसलाई केहि फ्युजन गरिदिएका छन् । यो परम्परागत भन्दा सजवाट तथा स्वादका हिसाबले पृथक छ ।

२.एबिमारु:यो रामेन चाहीँ यसमा राखिने सिंगै एबि( प्राउन – झिंगे माछा)को कारण लोकप्रिय छ । त्यसो त यसको सुप तथा डिजायनको आकर्षण त छँदै छ । यो रामेन पसलका संचालक मासा पनि फ्रेन्च परिकारबाट प्रभावित छन् ।

३.तेन तो सेन : यो रामेन चाहीँ होक्काईदो सुप करीको स्वादमा अत्यन्तै मिठो मानिन्छ । यसको सुप चिकेन, बंगुर, सिफुड तथा सागपातहरुबाट तयार पारिन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार