{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1631693947450","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[{"type":"premium","id":"286918218015900"}]}","premium_sources":["286918218015900"],"is_remix":false}

टोकियो/जापान । एनआरएनए जापान र आईएचएनओ(IHNO)को सहकार्यमा यस पटक पनि जापानमा अध्ययनरत ५० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

एनआरएनए जापान र IHNO ले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गरि सो कुरा जानकारी गराएको हो ।यस छात्रवृत्तिमा, जापानमा रहि जापानको भाषा स्कुल(日本語学校)भोकेश्नल कलेज( 専門学校) वा विश्वविद्यालय (大学)अध्ययनरत नेपाली विद्यार्थीहरुलाई मासिक ३० हजार येन उपलब्ध गराईनेछ । सन २०१७ देखि एनआरएनए जापान र IHNO को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थी लक्षित यो छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

यस छात्रवृत्तिको लागि आवेदन दिने समय यहि सेप्टेम्बर १० तारिखबाट अक्टोबर महिनाको ९ तारिखसम्म कायम गरिएको छ । आवदेन दिनका लागि निम्नलिखित योग्यता पुगेको हुनुपर्नेछ ।
१. जापान को स्कुल तथा कलेज मा नियमित बिधार्थी को रुपमा पढेको हुनु पर्ने।
२. नेपाली नागरिक हुनु पर्ने।
३. मिहेनत को साथ पठनपाठन  गरेको हुनु पर्ने।
४. जापानी इमिग्रेसन को नियम दफा १९ अनुसार हप्ता को २८ घण्टा को पार्ट टाइम नियम पालना गरेको हुनु पर्ने।
५. IHNO को छात्रवृत्तिको लागि आवश्यक कागजात समयमा बुझाउनु पर्ने।
६. NRNA जापान बाट सिफारिस गरिएको हुनु पर्ने।
आवस्यक कागजातहरु
१. आबेदन फारम (१ तथा २ )
२. सम्झौता पत्र
३. निबन्ध(जापानी भाषा बिधालय पढ्ने विद्यार्थीले ४०० अक्षर भन्दा बढी / सेनमोन भन्दा माथि को बिधार्थी ले ८०० अक्षर भन्दा बढी लेख्नुपर्नेछ )
४. सन २०२१ को ट्याक्स सर्टिफिकेट ( खाजेईस्योउमेइस्यो)
५. २०२१ साल ९ महिना १ तारिक पछि निकालेको स्कुल को Running सर्टिफिकेट
६. रेसिडेन्ट कार्ड को कपि
७. जापानी भाषा (JLPT) सम्बन्धि कागजात
८. बैंक खाता सम्बन्धि फारम (IHNO ले निर्धारण गरेको अनुरुप )
९. जापान पोस्ट बैंक (JP Bank ) को बैंक खाता को कपि

डकुमेन्ट पठाउने ठेगाना
〒:東京都千代田区永田町2-17-17アイオス永田町505 IHNO事務局

आबेदन दिने तरिका :
१. IHNO छात्रवृत्ति फारम प्रिन्ट गरि भर्ने। स्कुल ले लेखिदिनु पर्ने ठाउँ पनि स्कुल लाइ अनुरोध गरि लेख्न तथा छाप लगाउने।
छात्रवृत्ति फारम डाउनलोड गर्न नसकेमा info@ihno.net मा इमेल गरि प्राप्त गर्ने।
२. आवस्यक कागजात तयार गरि IHNO मा पठाउने। (ओरिजिनल डकुमेन्ट पोस्ट गर्ने)
३. IHNO को छात्रवृत्ति सम्बन्धि सेमिनार मा सहभागी हुने।
४. छात्रवृत्ति को लागि छनोट गरिएको खण्डमा प्रमाणीकरण समारोह मा सहभागी हुने।
५. प्रत्यक महिना छात्रवृत्ति को लागि आफ्नो काम को विवरण IHNO लाइ इमेल मार्फत  पठाउने  र छात्रवृत्ति प्राप्त गर्ने।

छात्रवृत्तिको लागि भर्नुपर्ने फारमको नमुना

आवेदन दिनको लागि भर्नुपर्ने फारम डाउनलोड गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार