
फुकुओका/जापान । जापानको फुकुओका स्थित किताक्युस्यु कोकुरामा क्युसु नेप्लिज वेलफेयर सोसाईटी गठन गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना क्युस्यु नेप्लिज वेलफेयर सोसाईटिको औपचारिक जानकारी गराईएको हो ।गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य तथा आगामी कार्यकालका एसिया प्यासिफिक क्षेत्रका उप–संयोजक पदका उमेदवार टंक गैरेको प्रमुख अतिथिमा प्रत्यक्ष तथा जुम भर्चुअल मार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले उक्त संस्थाको गठन गरेको हो । भिजन अनलाईन न्युजको कार्यकारी निर्देशक तथा नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रीय कार्यसमितिका सचिव सन्तमान शाक्यको पहलमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गरी संस्थाको स्थापना गरिएको हो ।
क्युस्यु नेप्लिज वेलफेयर सोसाईटिको उक्त कार्यक्रममा विशेष अथितिको रुपमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सजीब चाम्लिङ्ग राई तथा महासचिव शिशिर लिङ्गदेन र हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्म राज अधिकारको समेत उपस्थिति रहेको थियो । यस्तै उक्त औपचारिक कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, सचिब देबराज उप्रेती, एनआरएन क्यूशुका संयोजक अर्जुन बगाले थापा, नेफ़िन क्यूशुका अध्यक्ष रोशन कुमार राई, फ़ूकूओका नेपाल सोसाईटीका अध्यक्ष माधव सिग्देल लगायतको जुम भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो । जापानको फुकुओका किताक्युस्युमा बसोबास गर्ने नेपाली समुदायलाई जापानका सम्पुर्ण संघसंस्थाका अध्यक्ष लगायतका प्रतिनिधिहरुसंघ साक्षात्कार गर्ने उद्देश्यले पनि सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको कार्यक्रम आमन्त्रित अधिकांश संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटि हाललाई १६ सदस्यीय कार्यसमिति गठन गरिएको छ भने, कार्यक्रममा सहभागि भएका मध्ये अधिकांशको पनि संस्थामा जोडिन ईक्छुक देखिएकोले संस्थाको पहिलो औपचारिक बैठकबाट अन्य ३ जनालाई कार्यसमितिमा जोडिने भएको छ । संस्थाको संरक्षकको भूमिकामा भिजन अनलाईन न्युजका कार्यकारी निर्देशक सन्तमान शाक्य रहेको छ भने उक्त संस्थाको अध्यक्षमा कैलाश बुढाथोकी निर्बिरोध निर्वाचित भएका छन् । उक्त संस्थामा उपाध्यक्षमा भने सुमन वाईबा, महिला उपाध्यक्षमा सोफिया मगर, महासचिबमा शिला मल्ल ठकुरी, सचिबमा अञ्जन शर्मा, कोषाध्यक्षमा बिशाल गिरी निर्वाचित भएका छ । उक्त संस्थाको सदस्यमा भने राजन कुमाल, प्रल्हाद रिजाल, सुजन राई, बिकास कार्की, प्रमे आचार्य, बिजय राई बिर्वाचन भएका छन । सल्लाहकारको भूमिकामा भूपेन्द्र बहादुर बोट, प्रकाश खड्का र सुदिप शिलाकार निर्वाचित भएका छन । नवगठित कार्यसमितिका सम्पुर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलले आज भएको औपचारिक घोषणा कार्यक्रममा मार्फत प्रमुख अतिथि टंक गैरेको उपस्थितिमा पद तथा गोपनियताको सपथ खाई आधिकारीक रुपमा संस्थाको पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




